संयुक्त राष्ट्रसंघका शान्ति सैनिक दक्षिणी लेबनानी सहरमा प्रवेश



बेरुत । लेबनानमा संयुक्त राष्ट्र सङ्घको अन्तरिम बल (युएनआइएफआइएल) बुधबार दक्षिणी लेबनानी सीमा क्षेत्रको पूर्वी सेक्टरमा अवस्थित खियाम शहरको पूर्वी किनारमा प्रवेश गरेको जनाएको छ ।

बुलडोजर र इन्जिनियरिङ टोलीका साथमा धेरै युनिफिल सशस्त्र गाडीहरू इबल अल–साकी मैदानमा आफ्नो स्थानबाट खियामको पूर्वी किनारमा प्रवेश गरे ।

“युनिफिल बलहरूले सर्वेक्षण गर्दै छन् र यस शहरमा लेबनानी सेनाको एकाइ तैनाथ गर्ने तयारीमा मुख्य र माध्यमिक सडकहरूबाट अवरोधहरू हटाउँदै छन्,” स्रोतले जनाएको छ ।

लेबनानी सेनाले लगभग छ हजार सिपाही र सयौं सशस्त्र सैन्य वाहनहरू लितानी नदीको दक्षिणमा धेरै सैन्य ब्यारेकहरूमा तैनाथ गरेको छ ।

संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको युद्धविराम नोभेम्बर २७ मा लागू भयो, जसको उद्देश्य इजरायल र हिजबुल्लाहबीचको झण्डै १४ महिनादेखि चलेको लडाइँलाई रोक्ने लक्ष्य थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियामा सैनिक कारबाहीमा २५ लडाकुको मृत्यु

अबुजा । नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको नेतृत्वमा रहेको गिरोहका

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

ताइयुवान। चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नयाँ उपग्रह

बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय

रायपुर । भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै

भियतनाम प्रहरीद्वारा अवैधरूपमा डलर कारोबार गर्ने गिरोह पक्राउ

हनोई । भियतनाम प्रहरीले बाह्य देशबाट एक अर्ब २० करोड डलर बराबरको अवैध