अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु



काबुल । अफगान शरणार्थी मन्त्रीको राजधानी काबुलमा बुधबार मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको छ ।

सरकारी अधिकारीले भने,’दुर्भाग्यवश शरणार्थी मन्त्रालयमा विष्फोट भयो र मन्त्री खलील उर–रहमान हक्कानी आफ्ना केही सहकर्मीहरूसहित शहीद भए ।’

तालिवानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूको लागि जिम्मेवार हक्कानी नेटवर्कको स्थापना गर्ने जलालुद्दीन हक्कानीका भाइ थिए । उनी वर्तमान आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका पनि थिए ।

प्रान्तीय गभर्नर, कमाण्डर र धार्मिक धर्मगुरुहरू सत्तामा फर्किएपछि धेरै वरिष्ठ तालिबान नेताहरू मारिएका छन्, जसमा अधिकांश आक्रमणहरू इस्लामिक स्टेट समूहले दावी गरेको छ ।

तालिबानले सन् २०२१ मा देशमा कब्जा गरेपछि संयुक्त राज्य अमेरिका र नाटोको नेतृत्वमा विदेशी सेनाहरू विरुद्धको युद्ध समाप्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आफूले बेलारुसमा लोकतन्त्रको अभ्यास गरिरहेको लुकासेन्कोको दाबी

मिन्स्क । क्रेमलिनका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले आफ्नो देशले ‘व्यवस्थित लोकतन्त्र’ को अभ्यास गरिरहेको

इजरायली आक्रमणबाट लेबनानमा तीन जनाको मृत्यु, ४४ घाइते

बेरुत । दक्षिणी लेबनानमा आफ्नो घर फर्कन खोजिरहेका लेबनानीहरूको भीडमाथि इजरायली सेनाले गोली

‘कोभिड जनावरबाट भन्दा चिनियाँ प्रयोगशालाबाट उत्पन्न भएको हुन सक्ने ‘सम्भावना अधिक’

बीबीसी । अमेरिकाको बाह्य गुप्तचर निकाय सीआईएले कोभिड–१९ को उत्पत्तिबारे आफ्नो विगतको मूल्याङ्कनलाई

गाजालाई ‘खाली गर्ने’ ट्रम्पको योजना’

मियामी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजालाई ‘खाली गर्ने’ योजना अघि सारेका