कतारी अधिकारी सिरियाली इस्लामिक समूह एचटिएससँगको सम्पर्कमा



 

दोहा । कतारी अधिकारीहरू सिरियाली राष्ट्रपति बशर अल–असदको निष्कासनको नेतृत्व गर्ने इस्लामिक समूह हयात ताहरिर अल–शाम (एचटिएस) र सिरियाका अन्य समूहहरूसँग सम्पर्कमा रहेको एक अधिकारीले घटनाक्रमको बारेमा जानकारी दिएका छन् ।

“कतारीहरूले एचटिएससँग सञ्चारको पहिलो च्यानल स्थापना गरेका छन् । एचटिएस र कतारी कूटनीतिज्ञहरूसँगको सञ्चार आगामी २४ घन्टामा अल बशीरसँग जारी रहने अपेक्षा गरिएको छ”, वरिष्ठ विद्रोही मोहम्मद बशीरलाई उदृत गर्दै नाम नछाप्ने सर्तमा अधिकारीले भने ।

असदको सरकारले सन् २०११ मा शान्तिपूर्ण विद्रोहलाई दमन गरेपछि कतार सशस्त्र विद्रोहको मुख्य समर्थक र पदच्यूत नेताको कडा आलोचक थियो ।

सन् २००० देखि सत्तामा रहेका असद एचटिएस र यसका सहयोगीहरूको द्रुत अभियानपछि सप्ताहन्तमा पदच्यूत भएका छन् ।

छलफलको संवेदनशीलताका कारण नाम नछाप्न अनुरोध गर्ने अधिकारीले भने, “एचटिएस र अन्यसँगको सञ्चारको फोकस… शान्ति कायम गर्न र सङ्क्रमण अवधिमा सिरियाको सार्वजनिक संस्थाहरूको संरक्षण गर्न आवश्यक छ ।”

कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले आफ्नो देशले एचटिएससँग विशेष कुरा गरिरहेको छ कि छैन भनेर भन्न अस्वीकार गर्दै यसअघि कतार ‘हामी सिरियाली मोजाइकभित्र सधैँ सम्पर्कमा रहेका सबै समूहहरूसँग सम्पर्कमा रहेको’ बताए ।

प्रवक्ताले असद विरुद्धको विद्रोहको समयमा विपक्षी समूहहरूका लागि खोलिएको कतारको सिरियाली दूतावास अब ‘सिरियामा नयाँ वास्तविकताको पहिलो दूतावास’ भएको पनि बताए ।

“म यस समयमा भइरहेको विशेष कल वा बैठकहरूमा विशेष टिप्पणी गर्न सक्दिन तर म तपाईंलाई भन्न सक्छु कि हाम्रो ढोका खुला छ, हामी सबैसँग कुरा गरिरहेका छौँ”, उनले भने ।

असदलाई अपदस्थ गर्नुअघि कतारले शनिबार सिरियामा रूसी, इरानी, टर्की र अरब अधिकारीहरूसँग बैठकहरू आयोजना गरेको थियो ।

“शनिबारको बैठकमा सबै पक्षहरूबीच सहमति भयो, प्राथमिकता सिरियामा स्थितिलाई नियन्त्रणमा राख्ने र इस्लामिक स्टेटजस्ता कट्टरपन्थी समूहहरूले सिरियामा पकड बनाउन नसक्ने सुनिश्चित गर्ने हो” अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहमदावादमा दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’

इरान र इजरायलबीचको तनाव आगामी केही घन्टामा ‘शान्त’ हुने म्याक्रोँको आशा

ग्रीनल्याण्ड । इरान–इजरायल द्वन्द्व ‘आगामी केही घण्टाभित्र’ शान्तिमा फर्कने आशा व्यक्त गर्दै फ्रान्सका

खाडी ग्यास सुविधामाथि इजरायलको आक्रमण ‘युद्ध विस्तार गर्ने’ प्रयास रहेको इरानको भनाई

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख ग्यास सुविधामा

भष्टाचार मुद्दामा दोषी ठहरिएपछि फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको खोसियो सर्वोच्च सम्मान

पेरिस । भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएपछि फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीबाट लिजन अफ