कायरोमा भवन दुर्घटना, आठ जनाको मृत्यु



 

कायरो । मध्य कायरोमा ६ तले आवासीय भवन ढल्दा आठ जनाको मृत्यु भएको र तीन जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

“नौ वटा एम्बुलेन्स घटनास्थलमा पठाइएको छ र उद्धारकर्ताहरूले भग्नावशेष उठाउन र कुनै घाइते वा शवको खोजी गर्न जारी राखेका छन”, स्वास्थ्य मन्त्रालयका प्रवक्ता होसम अब्देल गफ्फारले विज्ञप्तिमा भने ।

कायरोको निम्न–मध्यम आय भएको अल–वैली छिमेकमा सन् १९६० को दशकमा निर्माण गरिएको भवनका लागि सन् १९९३ मा पुनःस्थापना आदेश जारी गरिएको जिल्ला प्रमुख अहमद अवादले बताए ।

“तर भवनका बासिन्दाहरूले आदेशमा पुनरावेदन गरेका थिए र यो कार्यान्वयन गरिएको थिएन”, उनले भने ।

कायरो महानगरपालिकाको विज्ञप्तिअनुसार मङ्गलबार सावधानीका लागि छिमेकी भवनहरू खाली गरिएको थियो ।

मध्य कायरोका धेरैजसो भवनहरू १९औँ र २०औँ शताब्दीको सुरुआतमा निर्माण गरिएका छन् र पुनःस्थापना गरिएका छैनन् ।

दुई करोड ६० लाखभन्दा बढी मानिस बस्ने विशाल महानगर कायरोमा विगत केही वर्षमा भवन भत्किँदा कयौँ घातक दुर्घटनाहरू भएका छन् । यी दुर्घटना भवनहरूको जीर्ण अवस्था र निर्माण नियमावलीको पालना नगर्नेसँग सम्बन्धित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुने ट्रम्पको चेतावनी

  वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य

इरान-इजरायल तनाबबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहान टेलिफोन

इरानको आक्रमणबाट ६ इजरायलीको मृत्यु, एकसय भन्दाबढी घाइते

बीबीसी । इजरयलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात

भारतमा केदारनाथ मन्दिर दर्शन गरेर फर्कदै गरेका यात्रु सवार हेलिकप्टर दुर्घटना, सात जनाको मृत्यु

काठमाडौं । भारत उत्तराखण्डको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ