देशमा सैनिक शासन लगाउने निर्णयबाट पछि हटे दक्षिण कोरियाका राष्ट्रपति



बीबीसी । मंगलबार देशमा सैनिक शासनको घोषणा गरेका दक्षिण कोरिएका राष्ट्रपति योन सुल यी ओल आफ्नो निर्णयबाट पछि हटेका छन् ।

बुधबार बिहान राष्ट्रपति सुलले सैनिक शासन लगाउने निर्णय फिर्ता लिएका हुन् । दक्षिण कोरियाको नेसनल एसेम्ब्लीमा रहेका १९० सांसदले सर्वसम्मतिले राष्ट्रपतिको उक्त निर्णयको विरोध गरेका थिए । त्यसपछि राष्ट्रपतिले मार्सल ल हटाएका हुन् ।

दक्षिण कोरियाका राष्ट्रपतिले भनेका छन्, ‘नेशनल एसेम्ब्लीको मागका कारण मार्सल ल हटाइएको छ । र, सेनालाई फिर्ता बोलाइएको छ । म नेशनल एसेम्ब्लीको माग स्वीकार गर्छु ।’

मार्सल ल हटाइएको केही घण्टापछि नै दक्षिण कोरियामा विरोध प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास

ब्युनस आयर्स । अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या र आठ अन्यको हत्या

स्पेसएक्स स्टारसिप ‘नियमित’ परीक्षणका क्रममा विस्फोट

ह्युस्टन (अमेरिका)। टेक अर्बपति एलन मस्कको स्पेसएक्स स्टारसिप टेक्सासमा बुधबार राति नियमित परीक्षणका

इजरायल र इरानबाट आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो

हङकङ । विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई

म्यान्माकी नेतृ आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन

याङ्गुन । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन