फुटबल खेल मैदानमा भागदौड मच्चिँदा गिनीमा ५६ जनाको मृत्यु



गिनी ।  गिनीको दोस्रो ठुलो सहर एनजेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले जानकारी दिएको छ।

‘रेफ्रीको निर्णयप्रति असन्तोष व्यक्त गर्दै समर्थकहरूबिच विवादपछि भएको झडपपछि आइतबारको खेलमा घातक भागदौड मच्चिएको थियो,’ राष्ट्रिय टेलिभिजनले सरकारद्वारा जारी एक विज्ञप्तिलाई उदृत गरी लेखेको छ।

‘एनजेरेकोरको अस्पतालहरूले दिएको जानकारीअनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ५६ पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्री अमादोउ ओरी बाहले फेसबुकमा एक पोस्ट लेख्दै लाबे र एनजेरेकोरको टोलीबिचको खेलमा खलल पुर्‍याउने घटनाको निन्दा गरेका छन्।

उनले भने, ‘सरकारले घटनाको अनुसन्धान गरिरहेको छ। घाइतेहरूको उपचार र अन्य सहयोगमा बाधा नपुगोस् भन्नेमा पूर्ण रूपमा सजग छ। सरकार सबै नागरिकलाई शान्तिका लागि संयमता अपनाउन आह्वान गर्दछ।’

सन् २०२१ मा भएको सत्ताविद्रोह (कू) बाट सत्ता कब्जा गरेर आफूलाई राष्ट्रपतिमा स्थापित गरेका गिनीका जुन्टा नेता मामाडी डौम्बोयाको सम्मानमा आयोजना गरिएको प्रतियोगिताको एक हिस्साका रूपमा दक्षिणपूर्वी सहरमा उक्त खेल भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास

ब्युनस आयर्स । अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या र आठ अन्यको हत्या

स्पेसएक्स स्टारसिप ‘नियमित’ परीक्षणका क्रममा विस्फोट

ह्युस्टन (अमेरिका)। टेक अर्बपति एलन मस्कको स्पेसएक्स स्टारसिप टेक्सासमा बुधबार राति नियमित परीक्षणका

इजरायल र इरानबाट आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो

हङकङ । विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई

म्यान्माकी नेतृ आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन

याङ्गुन । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन