ऋणको पुनसंरचनापछि श्रीलङ्काको ब्याजदरमा गिरावट



श्रीलङ्काको केन्द्रीय बैङ्कले बुधबार ब्याज दरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनसंरचनापछि बैङ्कले पहिलो पटक ब्याजदर कटौती गरेको हो ।

श्रीलङ्काको केन्द्रीय बैङ्कले मुद्रास्फीति अनुकूल वातावरणमा मौद्रिक नीति सहज बनाउनका लागि ऋण तथा निक्षेप दुवै दर २५आधार अङ्कले घटाएको जनाएको छ ।

श्रीलङ्काले सामना गरिरहेको विदेशी मुद्रा सङ्कटको चरम अवस्थामा सन् २०२२ सेप्टेम्बरमा ७० प्रतिशतको उच्च मुद्रा स्फीतिको तुलनामा जूनसम्ममा मुद्रास्फीति १.७ प्रतिशतमा सीमित भएको छ ।

केन्द्रीय बैङ्कले कठिन परिस्थितिमा आर्थिक गतिविधिको पुनरुत्थानसहित निरन्तरता दिँदै सहज मौद्रिक अवस्था जारी राख्न ब्याजदर घटाएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

बैङ्कका अनुसार बुधबारको ब्याजदर कटौती मार्चमा ५० आधार बिन्दु कटौतीपछि आएको हो ।

सन् २०२२ को बाह्य ऋणको पुनः संरचना गर्ने अन्तिम चरणमा सरकारले यस महिनाको सुरुमा अन्तर्राष्ट्रिय निकायसँग पुनः भुक्तान सम्झौतालाई अन्तिम रूप दिएको थियो ।

गत वर्षको दोस्रो त्रैमासिकदेखि अर्थतन्त्रमा सुधार आएको बैङ्कले जनाएको छ । यसैगरी वर्षको पहिलो तीन महिनामा ५.४ प्रतिशतले आर्थिक वृद्धि भएको र दोस्रो त्रैमासिकमा बलियो विस्तार भएको जानकारी बैङ्कले दिएको छ ।

सन् २०२२ भएको ७.३ प्रतिशतको ब्याज दर वृद्धिको रेकर्डपछि गत वर्ष अर्थतन्त्र २.३ प्रतिशतले सङ्कुचित भएको थियो । महिनौँको विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई राजीनामा दिन बाध्य तुल्याएको थियो ।

उनका उत्तराधिकारी रनिल विक्रमसिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट २.९ अर्ब डलरको सहयोग प्राप्त गरेपछि राजस्व बढाउन कर दोब्बर, उदार ऊर्जा अनुदान कटौती र आवश्यक वस्तुहरूको मूल्य बढाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु

ढाका । इलोन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीद्वारा सञ्चालित उपग्रह इन्टरनेट सेवा ‘स्टारलिङ्क’

युरोपेली सङ्घद्वारा रुसमाथि नयाँ प्रतिबन्ध

ब्रसेल्स । युक्रेन र रुसबीच युद्ध रोक्नका लागि प्रयास भइरहेका बेला युरोपेली सङ्घले

जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउन खोजेको आरोप

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलन्स्कीले रुसमाथि शान्ति वार्ता लम्ब्याउँदै समय खर्च गर्ने

चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

हाइनान । चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार