बाँके । लगातारको वर्षासँगै शनिबारको हुरीले बाँकेको धानबालीमा क्षति भएको छ । नेपालगञ्ज–१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ । डुडुवा गाउँपालिका–५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ ।
कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताइन् ।

प्रतिक्रिया