श्रीलङ्काकामा पाँच मध्ये एक घरपरिवारमा आधारभूत पिउने पानीको अभाव


श्रीलङ्काका २० दशमलव तीन प्रतिशत घरपरिवारमा आधारभूत पिउने पानीको सुविधा नभएको जनगणना तथा तथ्याङ्क विभाग (डिसिएस) ले घरायसी खानेपानीको गुणस्तरमा हालै गरेको सर्वेक्षणले देखाएको छ ।

विभागले आधारभूत सुविधाहरूमा पहुँच भन्नाले संरक्षित इनार, ट्युबवेल, धाराको पानी, बोतलको पानी र आरओ (रिभर्स ओस्मोसिस) प्लान्टबाट ३० मिनेटभित्र पिउने पानी सङ्कलन गर्ने क्षमतालाई परिभाषित गरेको छ ।

उक्त प्रतिवेदनले श्रीलङ्काका ४० दशमलव छ प्रतिशत घरपरिवारले प्रदूषणमुक्त स्रोतहरू प्रयोग गरेको बताएको छ ।यसैबीच श्रीलङ्काका शून्य दशमलव सात प्रतिशत घरपरिवारले नदी, बाँध, ताल, पोखरी, खोला, नहर वा सिँचाइ नहर जस्ता सतही पानीका स्रोतहरूबाट सिधै पिउने पानी सङ्कलन गरेको प्रतिवेदनले देखाएको छ ।

साथै विभागले पनि १६ दशमलव एक प्रतिशत घरपरिवारले असुरक्षित इनारको पानी पिउने गरेको पाइएको छ । विभागले सर्वेक्षणमा मुलुकभर विभिन्न वर्गलाई प्रतिनिधित्व गर्ने तीन हजार दुई सय १० घरधुरीका नमूनाहरू छनोट गरेको थियो ।