अलेप्पोमा भवन भत्कँदा १३ जनाको मृत्यु



सिरियाको अलेप्पोको एउटा साततले भवन भत्कँदा पाँच जना बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । उक्त भवनमा सात परिवार बसेका थिए । स्थानीयहरूका अनुसार उक्त भवनमा ३५ जनाको बसोबास थियो । भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ । गृह मन्त्रालयले मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ ।

एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट जिल्लाबाट विस्थापित भएका सिरियाली उक्त भवनमा बस्दै आएका थिए । सिरियामा जारी द्वन्द्वमा परी करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ । अधिकांश विस्थापित सिरियाली संरचनागतरूपमा सुदृढ नभएका भवनमा बस्दै आएका छन् । गत सेप्टेम्बरमा अलेप्पो नजिकको फर्दवासमा भवन भत्कँदा तीन जना बालबालिकासहित दश जनाको मृत्यु भएको थियो ।

यसैबीच, अजरबैजानको उत्तरी शहर कुसारस्थित एक रिसोर्टमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । घाइते भएका छ जनालाई स्थानीय अस्पताल भर्ना गरिएको छ । आगोमा ज्यान गुमाएका तीन जना एकै परिवारका सदस्य हुन् ।

अग्निनियन्त्रक तथा आपत्कालीन सहयोगमा जुटेकाहरूले आगो निभाउने भरमग्दुर प्रयास गरेता पनि काठले बनेको दुई तलेघर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । प्रारम्भिक अनुसन्धानअनुसार घरको अँगेनोमा आगोबालेर त्यत्तिकै छाडिँदा आगो सल्केको हो । विस्तृत अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिन यसै साता चीन भ्रमणमा जाने

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको

चिनियाँ विद्युतीय कारमा कर लगाउन जर्मनी र स्विडेन उदासीन

वासिङ्टनले चिनियाँ विद्युतीय कार (इभी) मा ठूलो शुल्क लगाउने घोषणा गरेपछि जर्मनी र

अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र