चीनमा जापानको प्रवेशाज्ञा सेवा नियमित



चीनमा रहेको जापानी राजदूतावासले जापान जानका लागि चिनियाँ नागरिकलाई प्रवेशाज्ञा सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ । यसअघि जापान सरकारले बेइजिङबाट दिने प्रवेशाज्ञा बन्द गरेको थियो ।

कोभिड १९ का कारण जापानले चिनियाँ राजधानी बेइजिङबाट प्रवेशाज्ञा बन्द गरेको सूचना जारी गरेको थियो । आइतबारदेखि सेवा पुनः सञ्चालनमा ल्याइएको जनाएको हो । राजधानी बेइजिङस्थित जापानी राजदूतावासको वेभसाइटमा यससम्बन्धी सूचना राखिएको जनाइएको छ ।

चीनमा पछिल्लो समयमा बढ्दै गएको कोभिड १९ को सङ्क्रमणका कारण जापान सरकारले चिनियाँ नागरिकलाई प्रवेशाज्ञामा प्रतिबन्ध लगाएको थियो । कोभिडका कारण अस्थायी रुपमा लगाइएको प्रतिबन्ध अब भने सञ्चालनमा ल्याइएको जनाइएको छ ।

चीनमा पछिल्ला केही हप्तामा कोभिडको सङ्क्रमण निकै बढेको थियो । यहाँ दैनिक एक करोडभन्दा पनि बढी मानिसमा सङ्क्रमण भएको तथ्याङ्क सार्वजनिक भएको थियो ।

यसकारण चीनको राजधानी बेइजिङमा रहेका जापानलगायतका केही देशका दूतावासहरुले आफ्ना देशमा जानका लागि प्रवेशाज्ञा सेवा नै बन्द गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र

ट्रम्पले पोर्नस्टारसँगको दबाउन चाहेको पूर्ववकिलको खुलासा

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका एक पूर्ववकिलले राष्ट्रपतीय निर्वाचनको समयमा पोर्नस्टारसँगको रहेको

भारतमा होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने