निवृत्तिभरणको विषयलाई लिएर लाखौँ फ्रान्सेली विरोध प्रदर्शनमा, सार्वजनकि सेवा ठप्प



निवृत्ति भरणको प्रस्तावित नयाँ नियम र अनिवार्य अवकाशमा जाने उमेरलाई बढाएको विरोधमा देशभर व्यापक विरोध प्रदर्शन भएको छ ।

शुक्रबार १० लाख भन्दा बढी नागरिक जुलुसमा सहभागी भए भने केही प्रदर्शनकारी प्रहरीसँगको झडपमा व्यस्त रहे । देशव्यापी हडतालले सार्वजनिक यातायात, विद्यालय र सार्वजनिक सेवा प्रवाह गर्ने अधिकांश कार्यालयको काम अवरुद्ध भयो ।

गृह मन्त्रालयले १२ लाख जनता सडकमा उत्रिएका र राजधानी पेरिसमा ८० हजार मानिस विरोधमा खडा भएका बताए पनि कट्टर वामपन्थी युनियन सिजिटीले देशभर २० लाखभन्दा बढी सरकारविरुद्धको प्रदर्शनमा सहभागी भएका दाबी गरेको छ ।

पेरिसमा मात्र चार लाख प्रदर्शनकारी राष्ट्रपति म्याक्रोँको योजनाको विपक्षमा सडक आन्दोलनमा आएका बताएको छ ।

पेरिसको बास्टिल क्षेत्र वरपर केही प्रदर्शनकारीले प्रहरीमाथि बोतल, खानेकुरा ‘प्याक’ गर्ने टिनका डिब्बाले प्रहार गरेका थिए भने प्रहरीले पनि ग्रिनेड र अश्रु ग्यास हानेर उनीहरूलाई तितरबितर पार्ने प्रयास गरेका थिए ।

बिहीबार प्रदर्शनकारीले रेल सेवा ठप्प पार्नका साथै विद्युत् आपूर्तिमा पनि अवरोध खडा गरेका थिए ।

युवा प्रदर्शनकारीको एक समूहले पूर्वी पेरिसको विशाल नेसन प्लाजामा सुरक्षा बलका जवानमाथि आक्रमण गरेका थिए भने धेरै साइकलमा आगो लगाउनका साथै बस स्टपमा तोडफोड गरेका थिए ।

हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले ४४ जनालाई पक्राउ गरेको छ । लियोनबाछ पनि १७ जनालाई पनि गिरफ्तार गरिएको थियो ।

कर्मचारी सङ्घसङ्गठन र युनियनले निवृत्तिभरणमा गरिएको फेरबदलले कठिन सङ्र्घबाट प्राप्त अधिकार गुम्ने, तलबमा गरिएको कर योगदानको प्रस्ताव अमान्य भएको बताउँदै आएका छन् ।

नयाँ निवृत्तिभरण प्रणालीबारे गरिएको एक सर्वेक्षणले पनि अधिकांश फ्रान्सेली नागरिक त्यसको विरोधमा रहेका देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र

ट्रम्पले पोर्नस्टारसँगको दबाउन चाहेको पूर्ववकिलको खुलासा

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका एक पूर्ववकिलले राष्ट्रपतीय निर्वाचनको समयमा पोर्नस्टारसँगको रहेको

भारतमा होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने