सरकारी पर्यवेक्षणका लागि बेइजिङमा १३ हजार जनप्रतिनिधि परिचालन



चीनको राजधानी बेइजिङमा सन् २०१९ देखि कानुन कार्यान्वयनको अनुगमन गर्न र जनअभिमत सङ्कलनका लागि स्थानीय तहका १३ हजार जनप्रतिनिधिलाई बस्तीहरूमा पठाइएको छ ।

बेइजिङ नगर जनकाङ्ग्रेसको स्थायी समितिले बिहीबार वार्षिक अधिवेशन सम्पन्न गरेको आफ्नो कार्य प्रतिवेदनमा भनेको छ, ‘सहरले एक अभियानलाई संस्थागत गरिरहेको छ जसले कानुन लागू गर्नु अघि र तिनीहरूको कार्यान्वयनको समयमा बासिन्दाहरूको कुरा सुन्न विधायकहरू पठाउँछ ।’

जनप्रतिनिधिहरूले फोहरमैला व्यवस्थापन, सम्पत्ति व्यवस्थापनलगायतका विषयमा स्थानीय बासिन्दाबीच सर्वेक्षण तथा अनुसन्धान गरेको प्रतिवेदनमा उल्लेख छ । यस प्रक्रियाले उनीहरूलाई सरकार र कानुन प्रवर्तनको पर्यवेक्षणले नागरिकहरूका समस्याहरू पत्ता लगाउन र समाधानका लागि मद्दत पुर्याउँछ ।

सांसदहरूले कानुन प्रक्रियामा सार्वजनिक विचारहरू प्रवाह गर्न बासिन्दाहरूसँग छलफल पनि गर्छन् । “विगतमा केही दर्जन प्रतिनिधि (जनकाङ्ग्रेसमा) मात्र कानुन र नियमको कार्यान्वयनको निरीक्षण गर्थे ।

अहिले १० हजारभन्दा बढी स्थानीय तहका प्रतिनिधिहरू यस प्रक्रियामा भाग लिन्छन्,” समितिका अध्यक्ष कङ लुआलुओले भने । ‘यो प्रक्रियाले कानुन, कार्यान्वयन र पर्यवेक्षणलगायत हरेक चरणमा जनताको आवाज सुन्न सकिन्छ भन्ने सुनिश्चित गर्दछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने

भारतले माल्दिभ्सलाई पाँच करोड डलर ऋण प्रदान गर्ने

  माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले  माल्दिभ्सलाई एक अतिरिक्त वर्षका लागि

बन्दरगाह परियोजना निर्माणका लागि भारत र इरानबीच १० वर्षे सम्झौतामा हस्ताक्षर

  भारत र इरानले इरानमा रणनीतिक चाबहार बन्दरगाहको विकास र सुसज्जित गर्न १०

थाइल्यान्डमा सिनेटको निर्वाचन जुनमा हुने

  थाइल्यान्डले आगामी महिना आफ्नो सिनेट निर्वाचनको विवरण घोषणा गरेको छ । एक