सन २०१९ यता प्राकृतिक प्रकोपबाट अष्ट्रेलियाली नागरिक अत्यधिक प्रभावित



सन् २०१९ यता प्राकृतिक प्रकोपबाट अस्ट्रेलियाका अधिकांश नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको एक सर्वेक्षणले देखाएको छ ।

जलवायु परिषद्ले बिहीबार प्रकाशित गरेको दुई हजारभन्दा बढी मानिसमा गरिएको सर्वेक्षणमा ८० प्रतिशत अस्ट्रेलियालीले विगत तीन वर्षमा कम्तीमा पनि एउटा चरम मौसमी घटना भोगेको देखिएको छ ।

जलवायुजन्य प्रकोपबाट प्रभावितमध्ये ५१ प्रतिशतले आफ्नो मानसिक स्वास्थ्यमा केही हदसम्म असर परेको बताएका छन् भने २१ प्रतिशतले घटनाको अनुभवले उनीहरूको मानसिक स्वास्थ्यमा ‘ठूलो वा मध्यम प्रभाव’ परेको बताएका छन् ।

एक तिहाइभन्दा बढीले आफूहरूलाई मानसिक स्वास्थ्य सेवा उपलब्ध नभएको बताएका छन् । अस्ट्रेलियन नेशनल युनिभर्सिटीका जलवायु वैज्ञानिक जोएल गेरगिसले यो निष्कर्षलाई सामना गर्नुपर्ने बताए । यो सर्वेक्षण एक प्रमुख मानसिक स्वास्थ्य समर्थन सङ्गठन ‘बियोन्ड ब्लू’को सहकार्यमा गरिएको थियो ।

अध्ययनमा सहरी क्षेत्रको तुलनामा ग्रामीण र क्षेत्रीय क्षेत्रका मानिसहरूमा बाढी र डढेलोको प्रभावको सम्भावना बढी थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको कारागार सजाय

  आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा कजाकिस्तानको एक अदालतले एक

शहबाज सरिफद्वारा पिएमएल–एनको अध्यक्ष पदबाट राजीनामा

  पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सोमबार पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) को अध्यक्ष पदबाट

श्रीलङ्काका पूर्वराष्ट्रपति सिरिसेनाद्वारा एसएलएफपीको अध्यक्ष पदबाट राजीनामा

  श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को अध्यक्ष पदबाट राजीनामा

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको अपील भारतको सर्वोच्च अदालतद्वारा खारेज

  सर्वोच्च अदालतले सोमबार दिल्लीको उत्पादन शुल्क नीतिसँग सम्बन्धित मनी लान्ड्रिङ मामिलामा प्रवर्तन