राष्ट्रपति सीको प्रतिवेदन विदेशी भाषामा पनि प्रकाशन



चिनियाँ कम्युनिष्ट पार्टीको (सिपिसी) २० औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका महासचिव एवम् राष्ट्रपति सी चिनफिङले प्रस्तुत गरेको प्रतिवेदन तथा महाधिवेशनले पारित गरेको सिपिसीको विधान दश वटा विदेशी भाषामा प्रकाशन भएको छ ।

विदेशी भाषा प्रेसले अङ्ग्रेजी, फ्रान्सेली, रुसी, अरबी, स्पेनिश, पोर्तुगाली, जर्मन, जापानी, भियतनामी र लाओ भाषामा प्रकाशन गरिएको बिहीबार जनाएको हो । स्वदेश तथा विदेशका पाठकहरूको सुविधाका लागि चिनियाँ र अङ्ग्रेजीका पाठ समावेश गरी पुस्तकाकारमा द्विभाषी संस्करण पनि जारी गरिएको छ ।

चिनियाँ विशेषतासहितको समाजवादलाई केन्द्रमा राखेर देश निर्माणको महान् कार्यमाा एकताबद्ध भएर लाग्न महासचिव सीले दिएको निर्देशनलगायत विषय पुस्तमा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिन यसै साता चीन भ्रमणमा जाने

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको

चिनियाँ विद्युतीय कारमा कर लगाउन जर्मनी र स्विडेन उदासीन

वासिङ्टनले चिनियाँ विद्युतीय कार (इभी) मा ठूलो शुल्क लगाउने घोषणा गरेपछि जर्मनी र

अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र