धूमपान नियन्त्रणका लागि मेक्सिकोमा ल्याइयो कडा कानुन



मेक्सिकोले सार्वजनिक स्थलहरूमा धूमपानलाई पूर्ण प्रतिबन्ध लगाउने विश्वकै सबैभन्दा कठोर सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कानुन कार्यान्वयनमा ल्याएको छ ।

सन् २०२१ मा अनुमोदन गरिएको उक्त कदमले सुर्तीजन्य पदार्थ सम्बन्धी विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ । कैयौँ अरू ल्याटिन अमेरिकी देशहरूले सार्वजनिक स्थलमा धूमपानमाथि प्रतिबन्ध लगाएका छन् ।

तर मेक्सिकोको कानुनलाई विश्वकै सबैभन्दा प्रभावकारी र व्यापक दायरा भएको नियमका रूपमा व्याख्या गरिएको छ । धूमपान विरोधी कानुनलाई विश्वकै सबैभन्दा कठोर कानुनका रूपमा लिने गरिएको छ ।

मेक्सिकोले सन् २००८ मा ल्याएको कानुनले बार, रेस्टुराँ र कार्यस्थलमा धूमपानरहितका क्षेत्रहरू स्थापना गरिनुपर्ने उल्लेख गरेको थियो । अहिले त्यसलाई सबै खालको सार्वजनिक क्षेत्रमा धूमपान गर्न नमिल्ने भनेर विस्तार गरिएको छ।

त्यसमा पार्क, समुद्री तट, होटेल, कार्यालय र रेस्टुराँहरू पर्छ । सुर्तीजन्य उत्पादनको विज्ञापन, प्रवर्द्धन र प्रायोजनमाथि पनि पूर्ण प्रतिबन्ध लगाइएको छ। यसको अर्थ पसल भित्र पनि चुरोट देखाउन पाइने छैन । भेप र इ–सिगरेटहरूमाथि पनि यी प्रतिबन्धहरू आकर्षित हुनेछन् ।

पान अमेरिकन हेल्थ असोसिएसनले यो कदमलाई स्वागत गर्दै मेक्सिको सरकारले लगाएको प्रतिबन्धको प्रशंसा गरेको छ । प्रत्येक वर्ष अमेरिकी महादेशमा प्रत्यक्ष वा अप्रत्यक्ष धूमपानका कारण झन्डै १० लाख मानिसहरूले ज्यान गुमाउने गरेका छन् ।

नयाँ कानुनको सार के हो भने अब धूमपान गर्ने व्यक्तिहरूले या त आफ्नो घरभित्र वा अरू निजी परिसरमा मात्रै चुरोट पिउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिन यसै साता चीन भ्रमणमा जाने

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा यसै हप्ता चीनको

चिनियाँ विद्युतीय कारमा कर लगाउन जर्मनी र स्विडेन उदासीन

वासिङ्टनले चिनियाँ विद्युतीय कार (इभी) मा ठूलो शुल्क लगाउने घोषणा गरेपछि जर्मनी र

अफगानिस्तानमा बाढीका कारण ४० हजार बालबालिका घरबारविहीन

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार आएको बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो

विषादीको बढ्दो प्रयोगप्रति ‘एफएओ’ चिन्तित

  बोत्सवानामा संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले कीरा, झार र