ब्राजिलको राष्ट्रपति निवासमा भएको दङ्गा रोक्न नसकेको आरोपमा ४० सुरक्षाकर्मी बर्खास्त



ब्राजिलमा जनवरी ८ मा सरकारी भवनमा तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध कुनै कदम नचालेको आरोपमा ४० जना सैनिकलाई सेवाबाट हटाइएको छ ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कर्तव्यपालन गर्न असमर्थ भएको भन्दै राष्ट्रपति निवासको सुरक्षामा रहेका ४० जना सैनिकलाई हटाएको सिड्नी मर्निङ हेराल्डले जनाएको छ ।

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोको गत अक्टोबरमा भएको निर्वाचनमा भएको पराजयलाई उल्टाउने प्रयासमा सरकारी भवनमा धावा बोल्ने हजारौँ व्यक्तिमध्ये ३९ जनालाई ब्राजिलका महान्यायाधिवक्ताले मुद्दा चलाएपछि उनको निर्णय सरकारको आधिकारिक राजपत्रमा प्रकाशित भएको थियो ।

गत हप्ता लुलाले पत्रकारहरूसँग अति दक्षिणपन्थी पूर्व नेता बोल्सोनारोका समर्थकहरूको भीडलाई ब्रासिलियामा सत्ताको केन्द्रको रूपमा रहेको मुख्य भवनहरूमा आक्रमण गर्न सुरक्षा बलका सदस्यहरूको संलग्नता रहेको बताएका थिए ।

घटनाको अनुसन्धानले सुरक्षामा जानाजानी त्रुटि भएको देखाएको छ जसले गर्दा यो घटना भएको हो । बोल्सोनारोका हजारौँ समर्थकले गत अक्टोबरमा भएको चुनावको परिणाम उल्टाउन माग गर्दै संसद्, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा धावा बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा होडिङबोर्ड ढल्दा १४ जनाको मृत्यु

बीबीसी । भारतको मुम्बईमा होडिङबोर्ड ढल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने

भारतले माल्दिभ्सलाई पाँच करोड डलर ऋण प्रदान गर्ने

  माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले  माल्दिभ्सलाई एक अतिरिक्त वर्षका लागि

बन्दरगाह परियोजना निर्माणका लागि भारत र इरानबीच १० वर्षे सम्झौतामा हस्ताक्षर

  भारत र इरानले इरानमा रणनीतिक चाबहार बन्दरगाहको विकास र सुसज्जित गर्न १०

थाइल्यान्डमा सिनेटको निर्वाचन जुनमा हुने

  थाइल्यान्डले आगामी महिना आफ्नो सिनेट निर्वाचनको विवरण घोषणा गरेको छ । एक