सबै सरकारी अधिकारीलाई दिइएको आममाफीको सम्मान गर्न लडाकूलाई तालिबानको आग्रह



तालिबानले आफ्ना लडाकूहरूलाई अफगानिस्तानका सबै सरकारी अधिकारीहरूलाई दिइएको आम माफीको सम्मान गर्न र इस्लामिक इमिरेटको नयाँ सरकारको बदनाम नगर्न आग्रह गरेको छ ।

अफगानिस्तानको अन्तरिम सरकारका रक्षा मन्त्री मुल्लाह मोहम्मद याकोबले आफ्ना लडाकूहरूलाई सामान्य आममाफीको घोषणा गरिएको र कसैले पनि स्वेच्छाचारी कार्यद्वारा इस्लामिक इमिरेट अफ अफगानिस्तान (आईइए) को गर्नु नहुने बताएको ‘द खामा प्रेस न्युज एजेन्सी’ले उल्लेख गरेको छ । रक्षा मन्त्रीले आममाफीलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न र जनतालाई दुव्र्यबहार नगर्न आग्रह गरेका छन् ।

याकोबले जारी गरेको वक्तव्यमा विभिन्न प्रान्तहरूमा केही तालिवान सदस्यहरूले प्रतिशोध लिएको देखिएको र अघिल्लो सरकारका लागि काम गरेका व्यक्तिहरूको हत्या गरेको उल्लेख गरिएको छ । विपक्षी, कर्मचारी प्रशासन तथा अफगान नागरिकमाथि कारबाही गर्ने नीति अफगानिस्तानको नरहेको द खामा प्रेस न्युज एजेन्सीले जनाएको छ ।

तालिबान लडाकूहरूलाई लक्षित गरिएको सम्बोधनमा उनले भने, ‘मानिसहरूसँग राम्रो व्यवहार गर्नुहोस् । आफ्नो मनोमानी कार्यद्वारा अफगानिस्तानको बदनाम नगर्नुहोस् । अनावश्यक फोटो र भिडियोहरू लिन बन्द गर्नुहोस् र आवश्यक नभएसम्म सरकारी कार्यालयमा प्रवेश नगर्नुहोस् ।’

तालिबान समूहका संस्थापक नेताका छोरासमेत रहेका याकोबले भने, ‘तालिबानका केही कमान्डरहरूले अफगान भूमिको विरोधमा रहेका आफ्नो दर्जा विस्तार गर्न गलत मानिसहरूलाई भर्ती गरेका भन्ने रिपोर्ट आएको छ यदि आरोप सही ठहरिएमा दोषीहरूलाई सजाय दिइनेछ ।’ केही तालिवान लडाकूहरू रातिसम्म अघिल्लो सरकारका अधिकारीका घरमा पसेर उनीहरुको हत्या र अपहरण गर्दै आएका बिषयलाई सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग

पेरिस सम्झौतामा निर्धारित तापक्रमलाई १.५ डिग्री भन्दा बढ्नबाट रोक्नका राष्ट्रसंघले थाल्यो विश्वव्यापी प्रयास

संयुक्त राष्ट्रसङ्घले क्लाइमेट प्रोमिस २०२५ (जलवायु प्रतिज्ञा २०२५) पहल सुरु गरेको छ ।

इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी

युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू