सुरक्षा सम्झौतामा असन्तुष्ट फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट राजदूत फिर्ता गर्ने निर्णय



वेलायत, अमेरिका र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौताको विरोधमा फ्रान्सले अमेरिका र अस्ट्रेलियामा रहेका आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउने तयारी अघि बढाएको छ ।

फ्रान्सले राजदूतहरूलाई छलफलका लागि फिर्ता बोलाउन लागिएको जनाएको छ । फ्रान्सका विदेशमन्तरूले यसलाई असाधारण परिस्थितिको असाधारण निर्णय भनेका छन् ।

अस्ट्रेलिया, वेलायत र अमेरिका संलग्न ’ओकस’ भनिने त्रिदेशीय गठबन्धनले अस्ट्रेलियालाई परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउन प्रविधि उपलब्ध गराउने सम्झौता गरेका हुन् ।

सम्झौतासँगै अस्ट्रेलियाले पनडुब्बी खरिद गर्ने फ्रान्ससँगको अर्बौँ डलरको सम्झौता खारेज हुने जनाएपछि पेरिस रुष्ट बनेको छ । दक्षिणी चीनको समुद्रमा चिनियाँ प्रभाव कम गर्ने कदमको रूपमा यो सम्झौतालाई हेरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडन, वेलायतका प्रधानमन्त्री बोरिस जोनसन र उनका अस्ट्रेलियन समकक्षी स्कट मरिसनले बुधवार घोषणा गरेका सम्झौताबारे फ्रान्सलाई केही घण्टाअघि मात्रै जानकारी दिइएको थियो ।

फ्रान्सका विदेशमन्त्री जाँ यिभ ल द्रियाँले शुक्रवार जारी गरेको एक वक्तव्यमा सम्झौतालाई “पछाडिबाट हानिएको छुरा“ सँग तुलना गरिएको छ । वक्तव्यमा उनले राष्ट्रपति एमानुएल माक्रोँको आग्रहमा राजदूतहरू फिर्ता बोलाउन लागिएको उल्लेख गरेका छन् ।

सहयोगी देशहरूबीच राजदूत फिर्ता बोलाउने कार्य निकै अस्वाभाविक मानिन्छ । फ्रान्सले यी दुई राष्ट्रबाट सम्भवतः पहिलो पटक आफ्ना राजदूत फिर्ता बोलाएको ठानिएको छ । शुक्रवारका लागि तय गरिएको अमेरिका र फ्रान्सबीच सहकार्यको स्मरणमा मनाइने एउटा उत्सव वाशिङ्टनस्थित फ्रान्सेली कूटनीतिज्ञले यसअघि नै स्थगित गरिसकेका थिए ।

फ्रान्सलाई ठूलो आर्थिक क्षति पुग्नेगरी अस्ट्रेलियाले चालेको कदमबाट पेरिस क्रुद्ध भएको छ ।फ्रान्सेली अधिकारीहरू वेलायतसहितका तीन देशहरू सहभागी भएको सम्झौता सुरक्षासम्बन्धी भएको र आफूहरूलाई केही घण्टाअघि मात्रै त्यसबारे जानकारी गराइएकोमा चकित भएका थिए ।

फ्रान्सले यसरी राजदूत नै फिर्ता बोलाएको घटना यसअघि कहिल्यै नभएको बताइएको छ । सम्झौतासँगै अस्ट्रेलिया पनि परमाणु ऊर्जाबाट सञ्चालित पनडुब्बी राख्ने सातौँ देश बन्नेछ।

सँगसँगै उसले परिष्कृत साइबर क्षमता, आर्टिफिशिल इन्टेलिजन्ससहित समुद्रमुनि प्रयोग हुने अन्य प्रविधिहरूमा पहुँच पाउनेछ । यसको घोषणासँगै फ्रान्ससँग १२ वटा पनडुब्बी किन्ने अस्ट्रेलियाको ३७ अर्ब अमेरिकी डलरको सम्झौता समाप्त भएको छ । यता चीनले सम्झौतामा सहभागी तीन राष्ट्रहरूलाई “शीतयुद्धको मानसिकता“ कायम राखेको आरोप लगाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न