अफगानिस्तानमा एक करोड बालबालिकालाई मानवीय सहयोगको आवश्यकता



अफगानिस्तानका एक करोडभन्दा बढी बालबालिकालाई मानवीय सहायताको आवश्यकता रहेको पाइएको छ । राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले बाँच्नकै लागि आवश्यक पर्ने आधारभूत आवश्यकताबाट समेत धेरै बालबालिकाहरू वञ्चित हुने अवस्था आउन लागेको जनाएको छ ।

उनीहरूका लागि अत्यावश्यक पर्ने सेवा तथा सामग्रीहरू तत्काल उपलब्ध गराउनु पर्ने देखिएको पनि युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ती बालबालिकाहरूलाई विषेश गरेर खाद्यपदार्थ, पिउने पानी र औषधि लगायतको आवश्यकता देखिएको हो ।

समयमै बालबालिकाहरूलाई अत्यावश्यक सेवा तथा सामग्रीहरू उपलब्ध गराउन नसकेमा मानवीय क्षति समेत हुनसक्ने युनिसेफका अधिकारीहरूले जनाएका छन् । उनीहरूले बालबालिकाहरुमा कुपोषण लगायतका समस्या देखिने खतरा रहेको र कतिपयमा त्यसका लक्षणहरू समेत देखिएको जानकारी दिएका छन् ।

बालबालिकाहरुलाई आवश्यक पर्ने सहयोगका लागि ठूलो आर्थिक सहायताको समेत खाँचो परेको युनिसेफले जनाएको छ । अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरिएको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन पनि राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोग स्वरुप उपलब्ध गराउने विभिन्न देशले प्रतिबद्धता जनाएको भएपनि कार्यान्वयन नभएपछि राष्ट्रसंघले फेरि आग्रह गरेको हो । अफगानिस्तानको आर्थिक अवस्था नराम्रोसँग बिग्रिएको र ठूलो मानवीय सङ्कट आउन लागेकाले सहयोगको आवश्यकता परेको राष्ट्रसङ्घले जनाएको छ ।

हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएका छन् । उनले अफगानिस्तानमा अहिले बालबालिकासँगै महिलाहरूलाई समेत खाद्य पदार्थ, स्वास्थ्य सामग्रीहरूको अभाव भइरहेको पनि विश्व समुदायलाई जानकारी गराएका छन् ।

गत महिना सशस्त्र विद्रोहमार्फत् अफगानिस्तानको सत्ता तालिबान समूहले हातमा लिएपछि अफगानिस्तानमा थप संकट उत्पन्न भएको छ । तालिबानले चलाउने सरकार कट्टरपन्थी हुने भएकाले उनीहरू उदार नहुँदासम्म सहयोग गर्न नसकिने विभिन्न देशहरूको अडान छ । विभिन्न देशहरूले अफगानिस्तानलाई दिने सहयोग रोकेकाले राष्ट्रसंघले सहयोग जुटाउनका लागि पहल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत