हवाई आक्रमणमा परी नाइजेरियामा नौ जनाको मृत्यु, २३ घाइते



नाइजेरियामा भएको हवाई आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् । आपतकालिन सेवासम्वन्धी सरकारी निकायका अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार घटनामा परी निर्दोष आम नागरिक बढी पीडित भएका छन् ।

नाइजेरियाली विमानले यही हप्ताको सुरुमा आक्रमण गरेको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । बोको हराम र इस्लामिक स्टेटमा आवद्ध व्यक्तिहरू रहेको सूचनाका आधारमा आक्रमण गरिएको जनाइएको छ ।

विद्रोहीहरूलाई लक्षित गरेर आक्रमण गरेको भएपनि आम सर्वसाधारण समेत पर्नुलाई सरकारी अधिकारीहरूले ‘भूलवस भएको कमजोरी’को रुपमा लिएका छन् ।

सन् २००९ देखि नाइजेरियामा जिहादी विद्रोहीहरुसँग सरकारी सुरक्षाकर्मीहरुको भिडन्त हुदै आएको छ । सरकार विद्रोहीबीचको द्वन्द्वका कारण अहिलेसम्म ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

त्यसैगरी द्वन्द्वमै परेर अरु झण्डै २० लाख मानिस आफ्नो घरबाट विस्थापित भएको पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।लडाकू विमानले बुधबार योबे राज्यको बुहारी गाउँमा आक्रमण गरेको हो ।

घटनास्थल छिमेकी मुलुक नाइजरसँगको सिमा क्षेत्रमा पर्दछ । त्यस ठाउँमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने अरु कम्तीमा १९ जना घाइते भएको स्थानीयले बताएका छन् । तर योबे राज्यको विपद व्यवस्थापन प्रमुख मोहम्मद गोजेले कम्तीमा नौ जनाको मृत्यु भएको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका