भारतमा थप ३३ हजारलाई कोरोना संक्रमण



भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी भएको देखिएको छ । भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुदै आए पनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ३३ हजार ९७३ जना नयाँ सङ्क्रमित भएका छन् । जबकी अघिल्लो दिन दैनिक सङ्क्रमितको सङ्ख्या झण्डै १० हजारले बढी थियो ।

पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसका कारण थप २६० जनाको मृत्यु भएको थियो । मृतकको सङ्ख्या पनि अहिले घटेको देखिएको छ । अघिल्लो दिन ३३८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

एक दिनमा कूल मृत्यु भएकामध्ये ११४ जना केरला राज्यकै रहेको अधिकारीले बताएका छन् । त्यसैगरी केरलामा मात्रै एक दिनमा २६ हजार २०० नयाँ सङ्क्रमित थपिएका छन् । केरलामा अघिल्लो दिन ३० हजार १९६ जना सङ्क्रमित भएका थिए ।

भारतमा सक्रिय सङ्क्रमितको अवस्थामा भने कमी आएको देखिएको छ । केही दिन आगाडि चार लाखभन्दा बढी रहेको सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले घटेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार भारतमा तीन लाख ९० हजार ६४६ जना कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेको तथ्याङ्क छ । अघिल्लो दिन सक्रिय सङ्क्रमितको सङ्ख्या योभन्दा झण्डै तीन हजार बढी थियो । दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुदै आएको हो ।

पछिल्लो एक दिनमा भारतमा ३७ हजार ६८१ जना सङ्क्रमणमुक्त भएका छन् । अघिल्लो दिन त्योभन्दा बढी अर्थात ४० हजार ५६७ जना कोरोनभाइरसबाट सङ्क्रमणमुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’