पूर्व राष्ट्रपति अशरफ घानीद्वारा देश छाड्नुको कारण सार्वजनिक



अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घानीले एउटा विज्ञप्ति सार्वजनिक गर्दै तालिबान देशको राजधानी काबुल प्रवेश गर्दै गर्दा आफू देश छाडेर भाग्नुको कारणबारे व्याख्या गरेका छन् ।

दुई पटक राष्ट्रपति बनिसकेका घानीले अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा घानीले माफी पनि मागेका छन् तर अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर लिएर आफूले देश छाडेको आरोपको भने उनले कडा रूपमा खण्डन गरेका छन् । उनले तालिबान वा तालिबान सरकारबारे भने टिप्पणी गरेका छैनन् ।

अशरफ घानी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित भएका थिए । उनी पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बनेका हुन्। उनी देशका चर्चित शिक्षाविद् हुन् ।

उनले आफ्नो जीवनको अधिकतम समय देशबाहिर नै बिताएका थिए । अफगानिस्तानमा तालिबान सत्ता गएपछि र केही वर्षको युद्धपश्चात् घानी स्वदेश फर्केका थिए । राष्ट्रपति पद सम्हालेपछि उनलाई एकदमै इमानदार व्यक्तिका रूपमा चित्रित गरिएको थियो ।

उनी अफगानिस्तानका बहुसङ्ख्यक पाश्तुन समुदायका व्यक्ति हुन् । उनलाई तालिबानले सधैँ अमेरिकाको ‘कठपुतली’ का रूपमा चित्रित गर्ने गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न