जापानका १९ प्रान्तमा सङ्कटकालको अवधि फेरि थप



जापानले देशका १९ प्रान्तमा सङ्कटकालको समयावधि फेरि थप गर्ने निर्णय बुधबार गरेको छ । कोरोनाभाइरसको महामारी अझै फैलिएको र खतरा अन्त्य नभएको निष्कर्ष निकाल्दै म्याद फेरि थप्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

यही सेप्टेम्बर ३० तारिखदेखि लागुहुने गरी सङ्कटकालको समयावधि फेरि थप गरिएको हो । देशका कूल ४७ प्रान्तमध्ये २१ प्रान्तमा यही सेप्टेम्बर १२ देखि सङ्कटकाल लागू भएको छ ।

मियागी र ओकायामा प्रान्तमा भने महामारी कम हुँदै गएको ठानेर अर्ध सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी अर्ध सङ्कटकाल लगाइएका १२ मध्ये टोयामा, यामानाशी, एहिम, खोची, सागा र नागासाकी गरी ६ प्रान्तमा भने हालै अर्ध सङ्कटकाल पनि हटाइएको छ ।

कोरोनाभाइरसको नयाँ नयाँ भेरियन्ट फैलिँदै गएपछि देशका धेरै ठाउँमा सङ्कटकाललाई निरन्तरता दिनुपरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

सङ्कटकाल लागू गरिएको क्षेत्रमा अत्यावश्यक काम बाहेक अन्य अवस्थामा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक कामका लागि पनि स्थानीय अधिकारीहरूलाई जानकारी दिएर वा अनुमति लिएर मात्रै हिँड्न पाइने व्यवस्था गरिएको छ ।

अधिकांश पसल तथा कार्यालयहरू बन्द गरिएको छ भने भीडभाड गर्न निषेध गरिएको छ । सरकारको आदेश नमान्नेलाई कडा कारबाहीको चेतावनी पनि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका