तालिबानद्वारा अफगानिस्तानमा सरकार घोषणा



तालिबान समूहले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि सरकार घोषणा गरेको छ । समूहका अनुसार हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन् ।

उपप्रधानमन्त्री तालिबानका संस्थापक मुल्लाह गनी बरादर हुने प्रवक्ता जबिहुल्ला मुजाहिदले बताएका छन् । मन्त्रिपरिषद् गठनलाई तालिबान सरकार स्थापनाको दिशामा महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ ।

केही दिनयता तालिबानले जुनसुकै बेला सरकार गठनको घोषणा गर्न सकिने बताउँदै आएका थिए । तालिबानले तीन साताअघि अफगानिस्तानमाथि नियन्त्रण कायम गरेका थिए । राजधानी काबुलमा चाहिँ उनीहरूले अगस्ट १५ तारिखमा नियन्त्रण कायम गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुडानमा ‘सैन्य कू’ को विरोधमा व्यापक प्रदर्शन, सात प्रदर्शनकारीको मृत्यु

सुडानमा सैन्य कूको विरोध गर्ने भिडमाथि सेनाले गोली चलाउँदा कम्तीमा सात जना मारिएका

दक्षिण कोरियाले इरानलाई कोभिडविरुद्धको १० लाख डोज खोप दिने

दक्षिण कोरियाले इरानलाई कोभिड विरुद्धको खोप प्रदान गर्ने भएको छ । कोरियाको विदेश

अफगान सरकारले रोजगारी सिर्जना र खाद्य संकट हटाउने कार्यक्रम ल्याउने

अफगानिस्तानको कृषि तथा पशुपालन मन्त्रालयले युवालाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै कृषि

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । सरकारी अधिकारीहरुले पछिल्लो २४