बेलायतमा कोभिड सङ्क्रमितको सङ्ख्या ७० लाख पुग्यो



बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ । कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखिको सङ्ख्या मङ्गलबार ७० लाख पुगेको हो ।

बेलायतमा हिजोमात्र एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका थिए । यहाँ केही दिनयता भाइरसका सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ ।

यसैगरी यहाँ गएको २४ घन्टामा ४१ हजार नयाँ सङ्क्रमित थपिएको पनि पाइएको जनाइएको छ । यहाँ हालैका दिनहरुमा कोरोनाकै कारण निधन हुने व्यक्तिको सङ्ख्या पनि बढ्दै गएको पाइएको बताइएको छ ।

यहाँ यो भाइरसबाट एक लाख ३३ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ । यहाँ पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका