म्यान्मारको सैन्य सरकारद्वारा ‘बौद्धमार्गी बिन लादेन’ थुनामुक्त



म्यान्मारको सैन्य सरकारले विवादास्पद बौद्धभिक्षु वशिन विराडुलाई जेलमुक्त गरेको छ। उनी अतिराष्ट्रवादी र मुस्लिमविरोधी उग्र भाषणका कारण विवादित छन् । उनलाई निर्वाचित सरकारविरुद्ध द्रोह गरेको अभियोग लागेको थियो।

गत वर्ष सैन्य कूबाट उक्त सरकार विस्थापित भइसकेको छ । चर्को कुरा गर्ने यी भिक्षु सेनाको समर्थन गर्छन् । मुस्लिम तथा विशेषगरी रोहिन्ज्या समुदायलाई लक्ष्य गरेर उग्र भाषण गर्ने भएकाले उनलाई “बौद्धमार्गी बिन लादेन“ को सङ्ज्ञा दिइएको छ ।

उनी सेनाको समर्थनमा आयोजित र्यालीहरूमा राष्ट्रवादी भाषण तथा नेत्री आङ सान सू ची तथा उनको दल न्याश्नल लीग फर डिमोक्रेसीले नेतृत्व गरेको सरकारको आलोचना गर्दै सहभागी हुने गर्थे ।

सन् २०१९ मा उनलाई नागरिक सरकारविरुद्ध घृणा र द्वेष फैलाएको अभियोग लगाइयो । त्यसपछि भागेका विराडुले गत वर्ष नोभेम्बरमा उनले आत्मसमर्पण गरेका हुन् । उनी आफूविरुद्ध हालिएको मुद्दाको सुनुवाइ पर्खिरहेका थिए । सैन्य सरकारले उनीविरुद्धका सबै अभियोग फिर्ता लिइएको सोमबार बताएको छ। तर त्यसबारे कुनै कारण उल्लेख गरिएको छैन ।

सैन्य सरकारका अनुसार ती भिक्षुको एउटा सैनिक अस्पतालमा उपचार हुँदैछ। उनलाई के भएको हो भन्ने थाहा हुन सकेको छैन । बौद्धमार्गीहरूलाई आफ्नै समुदायले चलाएको पसलमा किनमेल गर्न, समुदायभित्रै सम्पत्ति बेचबिखन गर्न र बिहेवारी गर्न आह्वान गर्दै सञ्चालित राष्ट्रवादी ९६९ अभियान का उनी एक प्रमुख व्यक्तित्व थिए ।

चर्चाको शिखरमा हुँदा दशौँ हजार मानिसले उनको धार्मिक प्रवचन सामाजिक सञ्जालमा सुन्थे। उनी सहभागी  र्यालीमा पनि ठूलो सङ्ख्यामा मानिसहरू जान्थे । रखाइन प्रान्तमा मुस्लिम र बौद्ध समुदायबीच हिंसा फैलिएको बेला उनले सन् २०१२ मा गरेको भाषणले विराडु चर्चित हुन पुगे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु परिवर्तनबाट सृजित समस्या समाधान गर्न राष्ट्रपति सीको आग्रह

चीनले मानवजातिको साझा चुनौतीको रूपमा रहेको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र त्यसका निम्ति

सिरियाका ९० प्रतिशत जनसंख्यालाई मानवीय सहायताको खाँचो

संयुक्त राष्ट्रसंघले सिरियामा आगामी जाडो याममा थप सहायताको खाँचो रहेको जनाएको छ ।सिरियाको

आकाशगङ्गाभन्दा बाहिर एउटा ग्रह फेला परेको सङ्केत

पहिलो पटक खगोलशास्त्रीले आकाशगङ्गाभन्दा बाहिर कुनै ग्रह भएको सङ्केत फेला पारेका छन् ।

फेसबुकको नाफा ९ अर्ब डलर

चुहावट भएका आन्तरिक गोप्य कागजातहरूका कारण सिर्जना भएको विवादको परिणाम स्वरूप कम्पनीले भोगेको