अफगानिस्तानमा तालिबानद्वारा गर्भवती महिला प्रहरीको हत्या



तालिबान समूहले अफगानिस्तानको एउटा सहरमा एक जना महिला प्रहरीको गोली हानेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बानू नेगर नाम गरेकी ती महिला प्रहरीलाई घोर जिल्लाको फिरोजकोह सहरमा आफ्नै घरमा परिवार कै अघि मारिएको थियो । अफगानिस्तानमा महिलाहरू विरुद्ध बढ्दो हिंसाका घटनाका खबरबीच पछिल्लो हत्या सार्वजनिक भएको छ ।

तालिबानले भने उक्त घटनामा आफूहरूको संलग्नता नरहेको बीबीसीलाई बताउँदै आफूहरूले घटनाको छानबिन गरिरहेको जनाएको छ । प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने,‘यो घटना हामीले थाहा पाएका छौँ र म यो पुष्टि गर्छु कि तालिबानले उनलाई मारेको होइन, हाम्रो छानबिन जारी छ।’

तालिबानले यस अघि नै पूर्ववत् सरकारसँग काम गरेका मानिसहरूलाई आम माफी दिइसकेको उनले थपे र नेगरको मृत्युको कारण ’व्यक्तिगत दुस्मनी वा अन्य केही हुनसक्ने बताए । घटनाबारे बोले बदला लिन सक्ने डरका कारण स्थानीय बासिन्दाहरू मौन छन्। त्यसले गर्दा घटनाको विस्तृत विवरण अझै अस्पष्ट छ । परिवार सदस्यहरूका अनुसार स्थानीय बन्दीगृहमा कार्यरत नेगर गर्भवती थिइन्।

उनको कोखमा आठ महिनाको बच्चा थियो । शनिवार उनको घरमा तीन जना बन्दुकधारी आएका र परिवारका सदस्यहरूलाई बाँधेर राख्नु अघि घरमा खानतलासी गरेको आफन्तहरू बताउँछन् । ती बन्दुकधारीहरूले अरबी भाषामा बोलेको सुनिएको एक जना प्रत्यक्षदर्शी बताए ।

गत अगस्ट १५ तारिखमा काबुल सहित अफगानिस्तानको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएसँगै तालिबानले आफूलाई विगत भन्दा बढी सहिष्णु समूहका रूपमा चित्रण गर्न खोजेको छ । त्यो उसका विश्वव्यापी परिचय भन्दा फरक हो । तर अफगानिस्तानका विभिन्न स्थानहरूमा अझै क्रूरता र दमनका घटनाहरू भएको सार्वजनिक भइरहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक