न्यूजिल्याण्डमा प्रतिआतङ्कवाद कानुन कडा बनाइने



प्रहरी निगरानीमा रहेका एक व्यक्तिले अकल्याण्डमा छुरा प्रहार गरेको घटना सार्वजनिक भएपछि न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले प्रति आतङ्कवाद सम्बन्धी कानुनलाई थप कडा बनाउने बताएकी छन् ।

संसद्मा अहिले नै विचाराधीन रहेको उक्त प्रस्तावित कानुन यो महिना सकिनु अगावै पारित गरिने उनले उल्लेख गरिन् । हमलाकारी श्रीलङ्काको भएको र जुलाईमा रिहा हुनुअघि उनले तीन वर्ष जेलमा बिताएको उनले खुलासा गरेकी छन् । उनले अदालतको आदेशले ती व्यक्तिलाई किन उनको देश फिर्ता गरिएन भनेर सार्वजनिक गर्न आफूलाई रोकेको बताइन् ।

आक्रमणकारीलाई प्रहरीले पछ्याइरहेका थिए र उनले हमला गर्दै गर्दा गोली हानेर मारिदिएका थिए । हमलामा परेका तीन जनाको अवस्था गम्भीर छ । पत्रकार सम्मेलनमा आर्डनले इतिहासलाई बदल्न सम्भवतः नसकिने भएपनि भविष्यलाई बदल्नसक्ने गरी कानुनमा परिवर्तन गर्न सबै जना तयार हुनुपर्ने धारणा राखिन् ।

उनले हमलालाई आतङ्कवादी आक्रमणको संज्ञा दिँदै सेप्टेम्बर महिनाको अन्त्यसम्ममा प्रति आतङ्कवाद सम्बन्धी कानुनको परिमार्जनलाई संसद्ले समर्थन जनाउने विश्वास व्यक्त गरिन् ।

एउटा सुपरमार्केटमा इस्लामिक स्टेट समूहको घोषित समर्थक रहेका ती श्रीलङ्काली पुरुषले सात जनालाई छुरा प्रहार गरेका थिए । शुक्रवारको आक्रमण अघि हमलाकारीलाई बारम्बार पक्राउ गरिएको थियो। तर प्रधानमन्त्री आर्डनका अनुसार समुदायभन्दा बाहिर उनलाई राख्ने सबै कानुनी प्रयास विफल भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक