खाद्य समस्या सम्बोधनका लागि काम गर्न नेता किमको निर्देशन



उत्तर कोरियाका नेता किम जोङ–उनले जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य जोखिमको समाधानका लागि काम गर्न उत्तर कोरियाली अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई चर्चा गर्दा खाद्य सुरक्षाको पाटोलाई विशेष ध्यान दिनुपर्ने उनले बताएका हुन् । गएको वर्ष तुफानले उत्तर कोरियाको मुख्य खाद्यान्न बालीमा गम्भीर असर गरेको थियो भने यो वर्ष पनि केही हप्तासम्मको खडेरीपछि लामो मनसुन वर्षाका कारण बालीमा असर गरेको बताइएको छ ।

खडेरी तथा बाढीसहितका असामान्य मौसमी गतिविधिसँग जुध्नका लागि अबको प्रयास केन्द्रित हुनु पर्ने धारणा नेता किमले बिहीबार भएको पार्टीको पोलिटब्यूरो बैठकमा राखेका थिए ।

पछिल्ला वर्षहरुमा उत्तर कोरियामा पनि जलवायु परिवर्तनको असर गम्भीर रुपमा देखिन थालेको भन्दै उहाँले त्यससँग जुध्नका लागि तत्काल आन्तरिक प्रयास थालिनु पर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक