उत्तर कोरियाद्वारा प्लूटोनीअम उत्पादन केन्द्र पुनः सञ्चालनमा



संयुक्त राष्ट्रसङ्घीय निकायले उत्तर कोरियाले एउटा पारमाणविक रियाक्टर पुनः सञ्चालनमा ल्याएको र त्यसले पारमाणविक अस्त्रका लागि प्लूटोनीअम उत्पादन गर्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सी (आईएईए) ले यङब्युन रियाक्टरले जुलाई महिनादेखि नै चिस्यान गर्ने पानी फालिरहेका सङ्केतहरू फेला परेको जनाएको हो । त्यसबाट उक्त पारमाणविक रियाक्टर सञ्चालनमा रहेको बुझिन्छ ।

त्यो केन्द्र सन् २०१८ देखि निष्क्रिय थियो । भूउपग्रहमार्फत् सो पारमाणविक केन्द्रको पर्यवेक्षण गर्ने गरेको आईएईएले पछिल्लो विकासक्रमलाई गहिरो चिन्ताको विषयको रूपमा अर्थ्याएको छ ।

साथै सुरक्षा परिषद्ले पारित गरेका सङ्कल्प प्रस्तावहरूको पनि त्यसबाट उल्लङ्घन भएको आईएईएले जनाएको छ । सन् २००९ मा उत्तर कोरियाले आईएईएका पर्यवेक्षकहरूलाई फिर्ता दक्षिण कोरियाका विदेशमन्त्रीले आफ्नो सरकारले उत्तर कोरियाली पारमाणविक तथा क्षेप्यास्त्र गतिविधिहरूलाई अमेरिकासँगको सहकार्यमा नजिकबाट निरन्तर हेरिरहेको योन्हाप समाचारसंस्थालाई बताएका छन् ।

आईएईएका पर्यवेक्षकहरूलाई फिर्ता पठाएयता उत्तर कोरियाले पारमाणविक विकासलाई निरन्तरता दिँदै आएको छ । सन् २०१७ मा उसले पछिल्लो पारमाणविक परीक्षण गरेको थियो ।

गत जनवरीमा उत्तर कोरियाली नेता किम जङ–उनले देशको पारमाणविक क्षमतामा आधुनिकीकरण गर्न चाहेको बताएका थिए । प्योङ्याङले प्लूटोनीअम उत्पादन थालेकै हो भने त्यसले अमेरिकी राष्ट्रपति जो बाइडनका निम्ति एउटा ठूलो वैदेशिक सङ्कट निम्त्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका