आइडा आँधीका कारण लुइजियानामा विद्युत सेवा अवरुद्ध, सात लाख मानिस प्रभावित



अमेरिकाको लुइजियानामा समुद्री आँधी जमीनतर्फ अघि बढिरहँदा त्यसले तटीय क्षेत्र डुबाएको छ भने झन्डै सात लाख मानिसलाई विद्युत सेवाबाट बञ्चित पारिदिएको छ ।

मौसमविद्हरूले आइडा अलिकति कमजोर भएर क्याटगरी थ्रीको आँधीमा रूपान्तरण भएको उल्लेख गरेका छन् । तर उसले निरन्तर रूपमा दुई सय किलोमिटर प्रतिघण्टा वेगको आँधी निम्त्याइरहेको र बिस्तारै उत्तरतर्फ बढिरहेकाले यसको विनाशकारी क्षमता अझ बढी हुनसक्ने चेतावनी दिइएका छन् ।

दशौँ हजार व्यक्तिहरूलाई तटीय क्षेत्रबाट उद्धार गरिएको छ र त्यहीँ बसिरहेका व्यक्तिहरूलाई कैयौँ दिनसम्म मद्दत गर्न नसकिने सम्भावनातर्फ अधिकारीहरूले सचेत गराएका छन् । न्यूअर्लियन्स नजिकै अस्पतालको छानाको हिस्सा आँधीले उडाएको थियो तर कोही पनि बिरामी घाइते भएनन् ।

लुइजियानाका गभर्नर जोन बेल एडवर्ड्सले महामारीका कारण थप क्षमता नभएकाले धेरै बिरामीहरूलाई अस्पतालहरूमा उद्धार नगरिएको जनाएका छन् । हजारौँ मानिसहरू सुरक्षित स्थानतर्फ भागेका छन् भने अन्य व्यक्तिहरूलाई आँधी नरोकिएसम्म भित्रै बस्न भनिएको छ । आइडाले न्यूअर्लियन्सको बाढी प्रतिरोधी क्षमताको पनि परीक्षण गर्नेछ ।

कट्रिना आँधीले सन् २००५ मा १८ सय जनाको ज्यान लिएपछि त्यहाँ विपद्सँग जुझ्ने क्षमतालाई मजबुत बनाइएको थियो । राष्ट्रपति बाइडनले आइडाले जीवन जोखिममा पार्ने भन्दै यसको क्षति तटीय क्षेत्रभन्दा भित्रसम्म हुने उल्लेख गरेका छन् ।

उनले दशौँ हजार मानिसका निम्ति पुनः बिजुलीको आपूर्ति सहज बनाउन हप्तौँ लाग्न सक्ने बताए । आइडाले सप्ताहान्तमा मेक्सिकोको खाडीस्थित न्यानो पानी भएका क्षेत्रबाट शक्ति आर्जन गरेको थियो । आँधीका कारण मेक्सिकोको खाडीको लगभग ९० प्रतिशत तेल उत्पादनको काम रोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक