काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर आत्मघाती बम विस्फोट



अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारबाहिर एउटा आत्मघाती बम विस्फोट गराइएको छ । पेन्टागनका प्रवक्ता जोन किर्बीले विस्फोटमा भएका हताहतीको यकिन सङ्ख्या स्पष्ट हुन नसकेको बताएका छन् । तर हताहत हुनेहरूमा आफ्ना नागरिक पनि परेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

ब्रिटिश रक्षा मन्त्रालय स्रोतले विस्फोटमा बेलायतका कोही सैनिक परेको खबर आफूहरूले नपाएको जनाएको छ । एक तालिबान अधिकारीले भने कम्तीमा ११ जनाको मृत्यु भएको बताएका छन्।

तर त्यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । विस्फोटमा थुप्रै तालिबान सुरक्षागार्डहरू पनि घाइते भएको उनले बीबीसीलाई बताए । विमानस्थलबाहिर अझै गोली चलेको आवाज सुन्न सकिने केही रिपोर्टहरूमा जनाइएको छ । हमला हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन विस्फोटको घटना भएको छ ।

पश्चिमा मुलुकहरूले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा आतङ्कवादी हमला हुन सक्ने भन्दै सचेत गराएका छन् । उद्धारको आशामा विमानस्थलमा अझै हजारौँ मानिस कुरिरहेका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार बुधवार करिब साढे १३ हजार मानिसलाई उद्धार गरिएको छ । योसँगै अमेरिका र उसका साझेदारहरूले अगस्ट १४ तारिखयता उद्धार गरेका मानिसहरूको सङ्ख्या ९५ हजार सात सय पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तानको घोषणा

बीबीसी । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने

इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमण

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा अमेरिकी

अमेरिकाले दियो इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको

बेलारुसका विपक्षी नेता तिखानोभ्स्की जेलबाट रिहा

वार्सा । बेलारुसका एक शीर्ष विपक्षी नेता सर्गेई तिखानोभ्स्कीलाई माफी दिएपछि जेलबाट रिहा