काबुल विमानस्थल नजान आफ्ना नागरिकालाई अमेरिका र बेलायतको आग्रह



अमेरिका र ब्रिटेनले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई त्यहाँ नजान भनेका छन् । विमानस्थल पुगिसकेकाहरूलाई तत्काल त्यहाँबाट फर्कन भनिएको छ ।

दुवै राष्ट्रले बुधवार अबेर त्यस्तो सूचना जारी गरेका हुन्। काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारणहरू प्रतीक्षारत छन् । १० दिन अघि तालिबानले नियन्त्रणमा लिएको काबुलबाट ८२ हजार भन्दा बढीलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ र राष्ट्रहरू अगस्ट ३१ भित्र मानिसहरूको उद्धार सम्पन्न गरिसक्न उद्धत छन् ।

तालिबानले त्यो समयसीमा लम्ब्याउने विषयको विरोध गरेको छ तर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनका अनुसार अगस्ट ३१ पछि पनि अफगान नागरिक र विदेशीहरूलाई देश छोड्न दिने उसले वाचा गरेको छ ।

आफूलाई इस्लामिक स्टेटका रूपमा चिनाउँदै आएका अतिवादी समूहले पार्न सक्ने खतराबारे अमेरिकी राष्ट्रपति जो बाइडनले चर्चा गरेको २४ घण्टापछि बेलायत र अमेरिकाको यस्तो सुझाव आएको हो । आक्रमणको जोखिम रहेकाले जतिसक्दो चाँडो हवाई उद्धार हुनु राम्रो रहेको बाइडनले बताएका थिए ।

भिडभाडयुक्त विमानस्थलमा खटेका सैन्य कमान्डरहरू आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको बताइएको छ । काबुलबाट प्राप्त विवरणहरूका अनुसार तालिबानले विमानस्थल पुग्ने सबै बाटो बन्द गरिसकेको छ ।

यसअघि बाइडनले जी सेभेन नेताहरूको सम्मेलनमा पनि स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनको बढ्दो जोखिमबारे छलफल गरेका थिए । उनले जी सेभेन देशहरू र नेटोको एकतामा जोड दिँदै अन्तर्राष्ट्रिय दायित्व प्रतिको तालिबानहरूको प्रतिबद्धता हेरेर उनीहरूबारे मूल्याङ्कन गरिनुपर्ने बताएका थिए ।

तर निरन्तर अफगान नागरिकहरूलाई मद्दत पुर्याइनुपर्ने उनको भनाइ छ । काबुल विमानस्थलको सुरक्षामा झन्डै ६ हजार अमेरिकी सैनिक र १ हजारभन्दा बढी ब्रिटिस सैनिक खटिएका छन्। उनीहरूले विदेशी र मापदण्ड पूरा गरेका अफगान नागरिकहरूको उद्धारमा सघाइरहेका छन् । त्यसबाहेक नेटो आबद्ध फ्रान्स, जर्मनी र टर्कीका फौजहरू पनि सानो सङ्ख्यामा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र इरान युद्धविरामका लागि सहमत

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको बताएका

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहारबाट कुनै क्षति नभएको पुष्टि

दोहा । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ

सिरियाली चर्चमा भएको आक्रमणमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने

दमास्कस । सिरियाका कार्यवाहक राष्ट्रपति अहमद अल–शराआले राजधानी दमास्कसमा रहेको एक चर्चमा भएको

इजरायलसँग युद्धविरामबारे सहमति नभएको इरानको भनाई

बीबीसी । इजरायलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको