भारतमा थप ३७ हजारलाई कोरोना संक्रमण



सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा ३७ हजार ५९३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सङ्क्रमितको सङ्ख्या २४ हजार २९६ जना केरला राज्यको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २५ लाख १२ हजार ३६६ जना पुगेको छ । पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारदेखि ४० हजारको बीचमा रहँदै आएको छ

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ६४८ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ३५ हजार ७५८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएका छन् ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३४ हजार १६९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड १७ लाख ५४ हजार २८१ पुगेको सो मन्त्रालयले जनाएको छ । यहाँ हाल ९७.६७ प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट मुक्त भएका छन्

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने तीन लाख २२ हजार ३२७ पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको ०.९९ प्रतिशत हो ।
भारतमा सवै राज्यलाई अगस्टभर थप दुई करोड डोज खोप उपलब्घ गराइने
भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख माण्डभियाले सबै राज्यमा अगस्ट महिनाभर थप दुई करोडभन्दा बढी खोप उपलब्ध गराइने बुधवार जानकारी दिएका छन् । केन्द्र सरकारले सबै राज्यका शिक्षकलाई आगामी ५ सेप्टेम्बरमा मनाइने शिक्षक दिवसभन्दा पहिले सबै विद्यालयका शिक्षकलाई खोप लगाउने प्रयास गर्न अनुरोध गरेको पनि स्वास्थ्य मन्त्री माण्डभिया ट्वीटरमार्फत जानकारी दिएका छन् ।

यस महिनामा प्रत्येक राज्यलाई दुई करोडभन्दा बढी कोरोनाभाइरस विरुद्धको खोप र अतिरिक्त खुराक उपलब्ध गराउने योजना भएको उनले जानकारी दिए । त्यसैगरी भारतमा अगस्ट २४ सम्म कुल ५९ करोड ५५ लाख चार हजार ५९३ डोज कोरोनाभाइरसविरुद्धको खोप लगाइसकिएको छ । पछिल्लो एक दिनमा भारतमा ३७ हजार ५९३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

यसैसँगै भारतमा कुल सङ्क्रमितको संख्या तीन करोड २५ लाख १२ हजार ३६६ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ६४८ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ३५ हजार ७५८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३४ हजार १६९ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन् भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड १७ लाख ५४ हजार २८१ पुगेको सो मन्त्रालयले जनाएको छ । यहाँ हाल ९७.६७ प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुडानमा ‘सैन्य कू’ को विरोधमा व्यापक प्रदर्शन, सात प्रदर्शनकारीको मृत्यु

सुडानमा सैन्य कूको विरोध गर्ने भिडमाथि सेनाले गोली चलाउँदा कम्तीमा सात जना मारिएका

दक्षिण कोरियाले इरानलाई कोभिडविरुद्धको १० लाख डोज खोप दिने

दक्षिण कोरियाले इरानलाई कोभिड विरुद्धको खोप प्रदान गर्ने भएको छ । कोरियाको विदेश

अफगान सरकारले रोजगारी सिर्जना र खाद्य संकट हटाउने कार्यक्रम ल्याउने

अफगानिस्तानको कृषि तथा पशुपालन मन्त्रालयले युवालाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै कृषि

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । सरकारी अधिकारीहरुले पछिल्लो २४