म्याडग्यास्कर भोकमरीको सँघारमा



म्याडग्यास्कर जलवायु परिवर्तनका कारण उत्पन्न संसारकै पहिलो भोकमरीको सँघारमा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घका अनुसार चार वर्षदेखि वर्षा नभएकाले त्यहाँ हजारौँ मानिसहरू अहिले नै डरलाग्दो भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएका छन् ।

यो चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो। यसबाट देशको दक्षिणी भेगमा बस्ने खेतीपाती गर्ने समुदाय नराम्ररी प्रभावित भएका छन्। उनीहरू बाँच्नका लागि कीराफट्याङ्ग्रा खान बाध्य भएका छन् ।

‘यो भोकमरीजस्तो अवस्था हो अनि यो द्वन्द्वबाट नभएर जलवायु परिवर्तनका कारण आएको हो,’ राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीकी शेली ठकरालले भनिन् ।

अहिले ३० हजार मानिसले पाँचौँ तह अर्थात् सबैभन्दा नराम्रो तहको खाद्य असुरक्षा खेप्नुपरेको राष्ट्रसङ्घको आँकलन छ। खेती सुरु गर्ने र बालीनाली भित्राउने बेलाबीचको अभाव हुने समय सुरु भएपछि म्याडग्यास्करमा प्रभावित मानिसको सङ्ख्या ह्वात्तै बढ्ने चिन्ता व्याप्त छ ।

भर्खरै एम्बोआसरी जिल्लाको दुर्गम फ्यान्डिओभा गाउँमा गएको डब्ल्यूएफपीको टोलीलाई मानिसहरूले आफूले टिपेर खाने गरेका कीराफट्याङ्ग्राहरू देखाएका थिए ।

बाली बिग्रेकाले मानिसहरू कीरा र सिउँडीको पात खान बाध्य भएका छन् । म्याडग्यास्करमा बेलाबेलामा सुक्खा परिरहन्छ तथा एल नीन्यो का कारण उत्पन्न मौसमी अवस्थाका कारण प्रायः विभिन्न खालको प्रभाव परिरहन्छ। यद्यपि विज्ञहरू अहिलेको सङ्कट जलवायु परिवर्तनसँग सोझै सम्बन्धित भएको हुनसक्ने ठान्छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ