अफगानिस्तानमा जारी उद्धार मिसन अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने



अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा जारी उद्धार मिसन अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने विश्वास आफ्नो रहेको बताएका छन् ।

उनले उडानहरूको सङ्ख्यामा वृद्धि भएको भन्दै आवश्यक कागजपत्र भएका सबै मानिसहरूले बाहिरिन पाउने बताए । तर उनले तालिबानको निरन्तर सहयोगमा मात्रै आगामी हप्ता उद्धार मिसन सम्पन्न हुने या नहुने निर्भर हुने उल्लेख गरेका छन् । साथै समस्या भएमा चाल्ने कदमका बारेमा तयारी गर्न आफूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको उनले जानकारी दिए ।

यसअघि बाइडनले जी सेभेन नेताहरूको सम्मेलनमा स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनको बढ्दो जोखिमबारे छलफल गरेका थिए । उनले जी सेभेन देशहरू र नेटोको एकतामा जोड दिँदै अन्तर्राष्ट्रिय दायित्व प्रतिको तालिबानहरूको प्रतिबद्धता हेरेर उनीहरूबारे मूल्याङ्कन गरिनुपर्ने बताए । तर निरन्तर अफगान नागरिकहरूलाई मद्दत पुर्याइनुपर्ने उनको भनाइ छ ।

‘जति चाँडो सम्पन्न हुन्छ त्यति राम्रो,’ राष्ट्रपति बाइडनले भने। नौ दिनअघि तालिबानको कब्जामा परेको काबुलबाट कम्तीमा ७० हजार मानिसहरूलाई उद्धार गरिएको छ । तालिबान लडाकुहरूले उद्धार कार्यको समय सीमा थप्न नसकिने बताउँदै आएका छन् ।

राष्ट्रपति बाइडनले मानिसहरूलाई बाहिर निस्कन सहयोग गर्न तालिबानहरूले कदम चालिरहेका बताए । तर उनले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहको जोखिमका कारण हवाई उद्धार चाँडै सम्पन्न गरिनुपर्ने बताए ।

अफगानिस्तानमा अमेरिकी बसाइँ लम्बिँदा उक्त समूहले आक्रमण गर्ने जोखिम उच्च हुने उनले बताए । बाइडन क्यानडा, फ्रान्स, जर्मनी, इट्ली, जापान, यूके र अमेरिका अनि इयू सम्मिलित जी सेभेन समूहको शीर्ष नेताहरूको भर्चुअल बैठकमा बोल्दै थिए ।

बेलायत र अरू साझेदारहरूले थप उद्धार उडानहरू सुनिश्चित गर्न अगष्ट ३१ पछि पनि अमेरिकी फौज बस्नुपर्ने बताए । बैठकको अध्यक्षता गरेका ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले ’अन्तिम क्षणसम्म’ उनको देशले उद्धार कार्य जारी राख्ने बताए । उनले तालिबानहरूलाई अफगान नागरिकलाई समयसीमापछि पनि बाहिरिन अनुमति दिन अनुरोध गरे।

युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लेयनले जी सेभेनका नेताहरूले अफगान नागरिकहरूलाई सहयोग गर्नु आफ्नो नैतिक दायित्व भएको भन्दै परिस्थितिले दिएसम्म सबै सम्भव हुने सहयोग गर्ने सहमति जनाएको बताइन् ।

काबुल विमानस्थलको सुरक्षामा झन्डै ६ हजार अमेरिकी सैनिक र १ हजार भन्दा बढी ब्रिटिस सैनिक खटिएका छन्। उनीहरूले विदेशी र मापदण्ड पूरा गरेका अफगान नागरिकहरूको उद्धारमा सघाइरहेका छन् । त्यसबाहेक नेटो आबद्ध फ्रान्स, जर्मनी र टर्कीका फौजहरू पनि सानो सङ्ख्यामा खटिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका

प्रचण्ड गर्मीका बीच भारतमा दोस्रो चरणको मतदान सुरु

भारतमा ६ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु भएको छ । प्रचण्ड

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न