अफगान नागरिकको उद्धारका लागि गैरसैनिक विमानहरूको पनि प्रयोग गरिने



संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका मानिसहरूको उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गरिने जनाएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले १८ वटा विमानले अफगानिस्तान बाहिरका सुरक्षित स्थानबाट मानिसहरूलाई तेस्रो देशमा पुर्याउने जनाएको छ ।

अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि हजारौँ अफगानहरू देशबाट भागेर सुरक्षित ठाउँमा जान काबुल विमानस्थलमा जम्मा भएका छन् । आइतबार राष्ट्रपति बाइडनले अमेरिकाले अघिल्लो हप्ता झन्डै २८ हजार जनाको उद्धार गरेको बताए । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बाइडनले,‘यति धेरै मानिसहरूलाई तपाईँहरूले देख्दै आएको पीडा र मुटु चिर्ने तस्बिर बिना उद्धार गर्न सम्भव छैन । हामीलेले अझै धेरै काम पूरा गर्नुछ र कैयौँ कुरा अझै बिग्रनसक्छ।’

काबुल विमानस्थल बाहिर हजारौँ लामबद्ध भइरहँदा कम्तीमा २० जना मारिएको एकजना नेटो अधिकारीले रोएटर्स समाचार संस्थालाई बताएका छन् ।

कतिपयले किचिएर ज्यान गुमाएको उल्लेख गरिएका छन् । बेलायतको सशस्त्र बल सम्बन्धी मन्त्री जेम्स हिपीले तालिबानहरूले हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसहरूलाई व्यवस्थित गरिदिइरहेको र त्यसले गर्दा देश छाड्ने अपेक्षा गरिरहेकाहरूको प्रक्रिया चाँडै अघि बढेको बताए ।

बेलायतले अगस्ट १३ यता ५ हजार ७ सय २५ जनाको उद्धार गरेको छ । काबुलमा उसका १ हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ छन् । आइतबार अमेरिकाको रक्षा मन्त्रालयले सीआरएएफ भनिने सिभिल रिजर्भ एअरफ्लिट नियमलाई उद्धारका निम्ति क्रियाशील गराउने घोषणा गरेको थियो । यसले सङ्कटको समयमा अमेरिकालाई गैरसैनिक विमानहरू उद्धारमा खटाउन सघाउँछ ।

सन् २००३ मा इराकमा आक्रमण गर्दा र सन् १९९० देखि १९९१ सम्मको खाडी युद्धमा पनि गैरसैनिक विमान खटाइएका थिए । विज्ञप्तिका अनुसार अहिले क्रियाशील हुने १८ वटा विमानमध्ये चारवटा युनाइटेड एअरलाईन्सका छन् ।

अमेरिकी एअरलाईन्स, एट्लस एअरलाइन्स, डेल्टा एअरलाईन्स र ओम्नी एयरका तीन–तीनवटा र दुईवटा हवाइयन एअरलाईन्सका छन् । सीआरएफ क्रियाशील गराउँदा सैनिक विमानहरूलाई काबुल भित्र र बाहिरको कारबाहीमा सहयोग पुग्ने विज्ञप्तिमा जनाइएको छ ।

यी विमानहरू काबुलमा भने अवतरण नगर्ने उल्लेख गर्दै राष्ट्रपति बाइडनले दुई दर्जनभन्दा बढी देशमा उद्धार गरिएका व्यक्तिको परीक्षणका लागि केन्द्रहरू बनाइएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुने ट्रम्पको चेतावनी

  वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य

इरान-इजरायल तनाबबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहान टेलिफोन

इरानको आक्रमणबाट ६ इजरायलीको मृत्यु, एकसय भन्दाबढी घाइते

बीबीसी । इजरयलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात

भारतमा केदारनाथ मन्दिर दर्शन गरेर फर्कदै गरेका यात्रु सवार हेलिकप्टर दुर्घटना, सात जनाको मृत्यु

काठमाडौं । भारत उत्तराखण्डको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ