जापानद्वारा म्यानमारका कुटनीतिज्ञका लागि राहदानी जारी गर्न अस्वीकार



जापानले म्यानमारको सैन्य सरकारद्वारा नियुक्त दुई कुटनीतिज्ञलाई राहदानी दिनका लागि गरिएको अनुरोधलाई अस्वीकार गरेको छ । म्यानमारको सेनाले जापानी अधिकारीलाई उनीहरूका लागि भिसा जारी गर्न अनुरोध गरेको छ जबकि टोकियोले मार्चमा सैनिक ‘कू’ पछि हटाइएको भनिएका म्यानमारका दुई कुटनीतिज्ञलाई मान्यता दिइराखेको छ ।

उनीहरूलाई सैन्य सरकारले हटाएको घोषणा गरेपछि पनि उनीहरू जापानमा नै निर्वासित जीवन विताइरहेका छन् । स्रोतका अनुसार, “जापानले यो अनुरोधलाई लिएर ‘विचार गरिरहेको’ तर जारी गर्ने प्रक्रिया सुरु गर्न बाँकी नै रहेको भन्दै नयाँ कुटनितिज्ञको नियुक्तिलाई मान्यता दिन अस्वीकार गरेको हो ।

अधिकारीले ‘तात्मादाव’ भनिने सेनालाई म्यानमारको वैधानिक प्रशासनिक निकायको रूपमा मान्यता नदिने पनि बताएका छन् । उनीहरूले दुई प्रतिस्थापित कुटनितिज्ञलाई टोकियोस्थित म्यानमारको राजदूतावासमा राख्न अनुमति दिने निर्णय फेब्रुअरी १ को सैन्य विद्रोहलाई मान्यता दिनु बराबर हुने जापानले बताएको छ ।

उक्त सैन्य ‘कू’मार्फत् नेतृ आङ सान सुचीको नेतृत्वको म्यानमारको निर्वाचित सरकारलाई पदच्युत गरेको ठहर जापान सरकारको रहेको क्योदो न्युजले सरकारी स्रोतलाई उद्धृत गर्दै बताएको छ । म्यानमारको सेनाले यहाँको प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकारविरुद्ध विद्रोह गरेको एक महिनापछि दुई जना कूटनीतिज्ञलाई फिर्ता बोलाउने कदमपछि यी घटना भएका हुन् ।

जापानी अधिकारीको फिर्ता बोलाइएका दुइ कुटनितिज्ञलाई जापानमै राख्नुपर्ने अडान रहेको बताएका क्योदो न्युजले सरकारी स्रोतलाई उद्धृत गर्दै लेखेको छ । “हामीले दुवै कूटनीतिज्ञले म्यानमारका लागि जापानमा निरन्तरता दिन सकून भनेर प्रबन्ध गरेका छौँ ।”

यसैबीच, जापानको अध्यागमन सेवा हेर्ने निकायले म्यानमारका राष्ट्रिय फुटबल गोलकिपर प्योलयान आङलाई पनि शरणार्थी दर्जाको प्रमाणपत्र दिएको छ । उनले स्वदेश फर्किएमा उनलाई दुःख सामना गर्नुपर्ने उल्लेख गरेका छन् । ‘असिस्टेन्स एसोसिएसन फर पोलिटेन्ट’ कैदीका अनुसार फेब्रअरी १ मा सैन्य कब्जा भएदेखि ९४५ भन्दा बढी मानिसको हत्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उडिरहेको विमानबाट बगैंचामा मलमूत्र खसेपछि….

बेलायतको राजधानी लन्डनको पश्चिमतिर पर्ने बर्कशायरका एक व्यक्ति आफ्नो बगैँचामा सुस्ताइरहेका बेला अनौठो

चीनले हमला गरे अमेरिकाले ताइवानको प्रतिरक्षा गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडनले यदि चीनले ताइवानमाथि हमला गरेमा अमेरिकाले ताइवानको प्रतिरक्षा गर्ने

रुसको एक कारखानामा आगलागी हुँदा १५ जनाको मृत्यु

रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी

बङ्गलादेशको रोहिंग्या शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु

बङ्गलादेशको एक रोहिंग्या शरणार्थी शिविरमा बन्दुकधारीले शुक्रबार आक्रमण गर्दा कम्तीमा सात जनाको ज्यान