नयाँ सरकार गठनबारे कुरा गर्न वरिष्ठ तालिबान नेता काबुलमा



तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर अफगानिस्तानमा नयाँ सरकार गठनको छलफलका लागि राजधानी काबुल पुगेका छन् । उनी अफगानिस्तानमा भएका तालिबान नेतामध्ये सबैभन्दा वरिष्ठ नेता हुन् जसले अफगानिस्तानबाट अमेरिका फर्किने प्रारूप तयार गरेको अमेरिकासँगको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने वाचा गरेको भए पनि यसबारे धेरैमा आशङ्का छ । तालिबानले सङ्कट व्यवस्थापनका लागि अशरफ घानीको पूर्ववर्ती सरकारसँग काम गरेका विज्ञहरूलाई ल्याइने बताएको छ । बरादरबाहेक कट्टरवादी धार हक्कानी नेटवर्कका नेता खलिल हक्कानी पनि यतिबेला काबुलमा छन् ।

उनको नाम अमेरिका र संयुक्त राष्ट्रसङ्घ दुवैले तयार पारेको फरार आतङ्कवादीको सूचीमा छ । अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्किन थालेका थिए । स्वदेश फर्किनेमध्ये कतिपय नेतारूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए ।

बरादर स्वदेश फर्कने क्रममा सुरुमा कान्दहार विमानस्थलमा ओर्लिएका थिए । कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो । बीस वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनुअघिसम्म कान्दहार उनीहरूको महत्त्वपूर्ण आधारक्षेत्र थियो ।

मुल्लाह अब्दुल गनी बरादर ती चार नेतामध्येका एक हुन् जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए । सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका नाइके बनेका थिए ।

सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो । सन् २०१२ सम्म उनकाबारे धेरै जानकारी उपलब्ध थिएन ।

त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गर्थ्यो । सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्यो । उनी तालिबानका पूर्वप्रमुख मुल्लाह ओमारले सबैभन्दा विश्वास गरेका व्यक्ति र उनका निकट सहयोगी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास

ब्युनस आयर्स । अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या र आठ अन्यको हत्या

स्पेसएक्स स्टारसिप ‘नियमित’ परीक्षणका क्रममा विस्फोट

ह्युस्टन (अमेरिका)। टेक अर्बपति एलन मस्कको स्पेसएक्स स्टारसिप टेक्सासमा बुधबार राति नियमित परीक्षणका

इजरायल र इरानबाट आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो

हङकङ । विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई

म्यान्माकी नेतृ आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन

याङ्गुन । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन