काबुलबाट हवाई उद्धार गर्दा मानिसहरू मारिन सक्ने राष्ट्रपति बाइडनको चेतावनी



अमेरिकी राष्ट्रपति जो बाइडनले दशौँ हजार अमेरिकी र अफगान सहयोगीहरूलाई उद्धार गर्ने प्रयासमा थप मानिसको मृत्यु हुनसक्ने बताएका छन् । काबुलबाट उद्धार गर्ने जिम्मेवारी खतरामुक्त नरहेको भन्दै उनले अमेरिकाले आफ्नो सम्पूर्ण स्रोतसाधन परिचालन गरेर १० दिनको समयसीमाभित्र उक्त काम सम्पन्न गर्ने बताए ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताले काबुल विमानस्थलको परिसरभन्दा केही बाहिरबाट तीनवटा सैनिक हेलिकप्टरले १६९ जना अमेरिकीको उद्धार गरेको बताए । दुई सय मिटर परको होटलमा बसिरहेको उक्त समूह भिड पार गरेर विमानस्थलभित्र जान सकेको थिएन ।

तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रणमा कायम गरेपछि अमेरिकी सेना विमानस्थलबाहिर निस्किएको जानकारीमा आएको यो पहिलो घटना हो । ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति बाइडनले इतिहासकै एउटा सबैभन्दा ठूलो र अत्यन्त कठिन हवाई उद्धारमा १३ हजार जनाको उद्धार गरिसकिएको बताए ।

तर अफगानिस्तानबाट उद्धार गर्न खोजिएका अमेरिकी नागरिकलाई तालिबानले अवरोध नपुर्याएको भन्ने राष्ट्रपतिको भनाइ आफ्नै रक्षामन्त्रीसँग बाझिएको छ । बाइडनले अमेरिकी राहदानीवाहक जो कोहीलाई तालिबानहरूले विमानस्थलसम्म आउन दिइरहेको बताएका थिए । तर काबुलबाट प्राप्त कैयौँ विवरणमा विमानस्थलसम्म आउन अमेरिकीहरूले बाधा खेप्नुपरिरहेको बताएका छन् ।

शुक्रवार अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले सांसदहरूसँगको ब्रीफिङमा तालिबानले अफगानिस्तान छाड्न चाहने अमेरिकीलाई पिटेको जानकारी दिएको पोलिटिकोमा प्रकाशित समाचारमा उल्लेख छ ।

तालिबानहरूले सत्ता कब्जा गरेपछि राष्ट्रपति बाइडनले अन्तर्राष्ट्रिय स्तरमै आलोचना खेपिरहेका छन् । अमेरिकी नागरिकहरूको उद्धार प्राथमिकता रहेको भन्दै उनले अमेरिकी सेनालाई सहयोग गर्ने ५० हजारदेखि ६५ हजार अफगान सहयोगीलाई पनि त्यहाँबाट अन्यत्र लगिने बताए । ‘कुनै गल्ती गर्नुहुँदैन। यो उद्धार अभियान खतरनाक छ।

यसमा हाम्रा सशस्त्र सैनिकका लागि जोखिम छ र यो अप्ठेरो परिस्थितिमा गरिदैँछ,’उनले भने। अमेरिकी गुप्तचर निकाय अफगानिस्तानको अवस्थाको सही विश्लेषण गर्न कसरी विफल भयो भन्ने प्रश्न यो हप्ता बाइडन प्रशासनमाथि बारम्बार उठाइएको थियो । शुक्रवार बाइडनले अफगानिस्तानको मामिलामा गुप्तचरी विफलता भएको अवधारणाको पुनः खण्डन गरे।

अफगान युद्ध संयुक्त प्रयास भएको भन्दै बाइडनले जी सेभन देशका नेताहरूको बैठक गरेर भावी रणनीति तय गरिने जनाए । शुक्रवार साउथ क्यारलाइनाकी रिपब्लिकन सिनेटर लिन्ड्जे ग्राहमले यदि अमेरिकाले आफ्ना एक नागरिक वा अफगान सहयोगीलाई त्यसै छाडिदियो भने राष्ट्रपतिमाथि महाभियोग लगाउनुपर्ने बताइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि खाडीका

इरानमाथि आक्रमण गरेर द्वन्द्व नबढाउन इजरायललाई विश्व समुदायको आग्रह

पेरिस । इजरायलले इरानमा आणविक र सैन्य ठाउँहरू सहित एक सय लक्ष्यमा आक्रमण

साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र