रक्तपात हुन नदिन देश छोडेको अफगान राष्ट्रपति घानीको भनाइ



अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आफ्नो देशमा शरण लिएको संयुक्त अरब एमिरेट्स (यूएई) ले बताएको छ । गत आइतबार तालिबान राजधानी काबुलतर्फ अघि बढेपछि गनीले देश छाडेका थिए यूएईको विदेश मन्त्रालयले मानवीयताका आधारमा’ घानी र उनको परिवारलाई स्वागत गरिएको जनाएको छ ।

बुधबार अबेर जारी गरेको एउटा भिडिओमा घनीले आफू देशबाट नभागेको दाबी गर्दै देशलाई ठूलो दुर्घटनाबाट बचाउन देश छाडेको बताए । उनले रक्तपात र अराजकतालाई रोक्न सकियोस् भनेर अहिलेका लागि आफू एमिरेट्समा रहेको बताए । उनले हाल आफू अफगानिस्तान फर्कनेबारे छलफलमा रहेको बताए ।

फेसबुकबाट प्रत्यक्ष सम्बोधन गरेका उनले देश छाड्ने क्रममा ठूलो मात्रामा रकम लिएर गएको भन्ने हल्लालाई त्यो पूर्ण रूपमा आधारहीन झुट भएको भन्दै अस्वीकार गरे । देश छाडेपछि ७२ वर्षीय घानीले अफगानिस्तानका अन्य राजनीतिज्ञले उनको कडा आलोचना गरिरहेका थिए ।

अफगानिस्तानको राष्ट्रिय मेलमिलामसम्बन्धी उच्च परिषद्का अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले ईश्वरले उनलाई जवाफदेह बनाऊन् र देशले पनि उनलाई न्याय गर्ने बताए ।

सोमबारको मन्तव्यमा अमेरिकी राष्ट्रपति जो बाइडनले पनि देश छाडेर भागेकोमा अफगान सरकारको आलोचना गरेका थिए । अन्य देशबाट भागेका वा अपदस्थ भएका कुनै नेतालाई यूएईले सुरक्षित ठाउँ दिएको यो पहिलो घटना भने होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तानको घोषणा

बीबीसी । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने

इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमण

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा अमेरिकी

अमेरिकाले दियो इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको

बेलारुसका विपक्षी नेता तिखानोभ्स्की जेलबाट रिहा

वार्सा । बेलारुसका एक शीर्ष विपक्षी नेता सर्गेई तिखानोभ्स्कीलाई माफी दिएपछि जेलबाट रिहा