अफगानिस्तानको उत्पन्न सङ्कटलाई लिएर विश्वभरिबाट चासो व्यक्त



दुई दशकपछि अफगानिस्तानमा तालिबान समूह पुनः शक्तिमा आएसँगै त्यहाँ उत्पन्न सङ्कटलाई लिएर विश्वभरिबाट चासो व्यक्त भइरहेको छ । पछिल्लो सङ्घर्षका कारण मानिसहरू विस्थापित हुँदा चुनौती थपिएको अन्तर्राष्ट्रिय सहायता निकायहरूले जनाएका छन् । तिनीहरूका अनुसार राजधानी काबुलमै ठूलो सङ्ख्यामा विस्थापितहरू आइपुगेका छन् ।

काबुलस्थित विश्व खाद्य कार्यक्रम, अफगानिस्तानकी उपप्रमुख शावे लीले बीबीसीसँग कुरा गर्दै अहिलेको अवस्था एकदमै तरल र अनिश्चितताको रहेको बताए । उनले यो अवस्थामा पनि देशको अधिकांश क्षेत्रमा आफ्नो पहुँच कायम गर्न नसकिरहेको बताए । पहुँच कायम गर्न धेरै चुनौतीहरू रहेका उनले बताए ।

उनले भने, ‘अहिले हामीले हेरिरहेको एउटा कुरा यो वर्षको बाँकी समयका लागि अफगान नागरिकको सहयोगका निम्ति विश्व खाद्य कार्यक्रमलाई २० करोड डलर आवश्यक पर्नेछ । अरू अवरोधको कुरा गर्नुपर्दा सीमानाका भएर सहायता सामग्री ल्याउने कुरा हुन सक्छ।’

उनले अहिले प्रत्येक तीनमध्ये एकजना अर्थात् करिब एक करोड ४० लाख मानिसले भोकमरीको सामना गर्नु परेको र बीस लाख बालबालिका कुपोषणको मारमा परेका उनले बताए । त्यस्तो हुनुको पछाडिदुई वर्षदेखि अफगानिस्तानले झेल्नु परेको खडेरी, सामाजिक–आर्थिक चुनौती, कोभिड–१९ का कारण भएको महँगी र अन्य विविध पक्ष छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुने ट्रम्पको चेतावनी

  वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य

इरान-इजरायल तनाबबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहान टेलिफोन

इरानको आक्रमणबाट ६ इजरायलीको मृत्यु, एकसय भन्दाबढी घाइते

बीबीसी । इजरयलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात

भारतमा केदारनाथ मन्दिर दर्शन गरेर फर्कदै गरेका यात्रु सवार हेलिकप्टर दुर्घटना, सात जनाको मृत्यु

काठमाडौं । भारत उत्तराखण्डको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ