‘जन्मिँदा संसारकै सबैभन्दा सानी शिशु’ १३ महिनापछि अस्पतालबाट घर



जन्म हुँदा संसारकै सबैभन्दा सानो भन्ठानिएकी एक शिशुलाई सिङ्गापुरमा १३ महिना सघन उपचार गरेर अस्पतालबाट घर पठाइएको छ । जन्मिँदा क्वेक यु सुआनको तौल २१२ ग्राम अर्थात् एउटा स्याउको जति र लम्बाइ २४ सेन्टिमिटर थियो । उनी २५ साता पनि नपुगी जन्मिएकी थिइन् ।

त्यसअघि सन् २०१८ मा अमेरिकामा जन्मिएकी एक शिशुको तौल २४५ ग्राम भएको अभिलेख यूनिभर्सिटी अफ आईअवाको टाइनीएस्ट बेबीज रेजिस्ट्रीमा छ । गर्भवती हुँदा यु सुआनककी आमाको रक्तचाप एकदमै बढेर ‘प्री–इक्ल्याप्सीआ’ नामक समस्या उत्पन्न भएको थियो । त्यस्तो अवस्थामा महत्वपूर्ण अङ्गमा क्षति पुग्न सक्ने तथा आमा र बच्चा दुवैको ज्यान जान सक्ने हुन सक्थ्यो । त्यसैले शल्यक्रिया गरेर उनलाई गर्भबाट बाहिर निकालिएको थियो । यु सुआनको तौल अहिले छ किलो ३०० ग्राम पुगेको छ।

सिङ्गापुरको न्याश्ननल यूनिभर्सिटी हस्पिटल (एनयूएच) का अनुसार जन्मिएको बेला ती बालिका जीवित रहने सम्भावना सीमित रहेको जनाएको छ । यु सुआन समयभन्दा चार महिनाअघि जन्मिएकी हुन् ।

अस्पतालमा हुँदा यु सुआनलाई विभिन्न किसिमका उपचार गरियो। उनको जीवन रक्षार्थ विभिन्न किसिमका उपकरणहरू प्रयोग भएका थिए । चिकित्सकहरूले आफ्नो सेवाबाट ती शिशुको स्वास्थ्य तथा विकासमा राम्रो सुधार आएको र अहिले अस्पतालबाट डिस्चार्च गर्न उपयुक्त भएको बताए । यु सुआनलाई अझै फोक्सोसम्बन्धी दीर्घ समस्या छ र उनलाई घरमा श्वासप्रश्वासका लागि सहयोग चाहिन्छ ।

तर एनयूएचका चिकित्कहरूका अनुसार उनी समयक्रममा बिस्तारै ठिक हुने अपेक्षा गरिएको छ । आफ्नो जेठो छोरो समय पुगेर जन्मिएकाले यु सुआनको जन्म र आकारका कारण आफू चकित भएको आमा वोङ मेई लिङले स्थानीय सञ्चारमाध्यमलाई बताएकी छन् ।

यु सुआानको उपचारका लागि क्राउडफन्डिङबाट दुई लाख ६६ हजार ८८४ सिङ्गापुर डलर सङ्कलन गरिएको थियो । त्यसैबाट उनका आमाबुवाले अस्पतालको लामो बसाइ र उपचार खर्च तिरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी