मलेसियामा कोरोना संक्रमणबाट एकैदिन ३६० जनाको मृत्यु



मलेसियामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको दैनिक सङ्ख्या फेरि उच्च भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा ३६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै मलेसियामा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या १० हजार ७४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहले सोही अवधिमा मलेसियामा थप १८ हजार ६८८ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिए ।

तीमध्ये १० जना बाहिरबाट सरेर सङ्क्रमित भएका र अरू आन्तरिक रूपमै सरेको पनि उनले बताए । मलेसियामा कोरोनाभाइरसबाट अहिलेसम्म कूल सङ्क्रमितहरूको सङ्ख्या १२ लाख ६२ हजार ५४० पुगेको छ ।

सङ्क्रमितमध्ये १७ हजार ५५ जना भने पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका छन् । एकैदिनमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या थोरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्यामा वृद्धि भएको छ ।

मलेसियामा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको कूल सङ्ख्या दुई लाख २५ हजार ३९३ रहेको छ । तीमध्ये एक हजार ९५ जनालाई अति सघन कक्षमा राखिएको छ भने ५७१ जनालाई श्वास प्रश्वासमा सहयोगको आवश्यकता परेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाहरूको कूल सङ्ख्या भने १० लाख २६ हजार ३९८ पुगेको छ । यो सङ्ख्या कूल सङ्क्रमितहरूमध्येको ८१.३ प्रतिशत हो । कोरोनाभाइरसका कारण दैनिक मृतक र सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुँदै गएपछि सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरूमा कडाइ गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी