जापानको चिबामा मिरिना आँधीः हजारौँलाई सुरक्षित स्थलतर्फ जान आग्रह



देशको पूर्वी तट नजिकै आइरहेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ ।

चिबाको सामुद्रिक क्षेत्रबाट झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थलतर्फ गईसकेका आइतबार जापानको राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जापानको मौसम विज्ञान विभागलाई उद्धृत गर्दै एनएचके प्रसारकले भनेको छ, “आइतबारको सुरुसम्ममा उष्ण कटिबन्धीय आँधी प्रान्तको दक्षिणपूर्वी भागमा सक्रिय रहनेछ भने यो क्रमश लगभग २५ किलोमिटर प्रति घण्टाका दरले उत्तरपूर्वमा सर्नेछ ।

यस आँधीको मध्य वायुमण्डलीय चाप ९८० ‘हेक्टोपास्कल’ रहेको बताइएको छ । आँधी प्रभावित क्षेत्रमा प्रति घण्टा ८३ किलोमिटर र आँधीको केन्द्र नजिकै १२६ किलोमिटर प्रति घण्टाको अधिकतम चापले हुरी चल्ने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।

उनीहरूले आँधीपछि जापानको तटीय क्षेत्रमा मेघ गर्जनसहित बर्षा हुने र यसका कारण पहिरो र बाढी आउन सक्ने चेतावनी दिएका एनएचकेले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी