भारतमा थप ३९ हजारलाई कोरोना संक्रमण



कोभिड–१९ बाट अति प्रभावित मुलुकमध्ये एशियाली मुलुक भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाखको नजिक पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

आइतबार संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ३९ हजार ७० रहेको र योसँगै अहिलेसम्म कोभिड सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या तीन करोड १९ लाख ३४ हजार ४५५ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४९१ कोभिड सङ्क्रमितको मृत्यु भएको छ ।

महामारी सुरू भएपछि अहिलेसम्म यहाँ मृत्यु भएका कोभिड सङ्क्रमित विरामीको सङ्ख्या चार लाख २७ हजार ८६२ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ३३१ व्यक्ति कोरोना सङ्क्रमणमुक्त बनेका छन् ।

योसँगै भारतभर कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख छ हजार ८२२ रहेको छ । भारतमा कोभिड–१९ सङ्क्रमितमध्ये तीन करोड १० लाख ९९ हजार ७७१ व्यक्तिमा कोरोना सङ्क्रमण भई निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा कोभिडको उपचार गराइरहेका ४३ हजार ९१० जना निको भई अस्पतालबाट घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी