अफगानिस्तानको दोस्रो क्षेत्रीय राजधानी सेबेरगान भीषण लडाइँ



तालिबानहरूले उत्तरी शहर सेबेरगानमा आफ्नो नियन्त्रण कायम भएको बताइरहँदा संयुक्त राज्य अमेरिकाले हालैका दिनमा अफगान सरकारको समर्थनमा हवाई हमलाहरूलाई तीव्र बनाएको बताएको छ ।

यसअघि अफगान अधिकारीहरूले लामो दूरीमा बम प्रहार गर्न सक्ने बमवर्षक प्रयोग गरिएको र त्यसले लडाकुहरूतर्फ ठूलो क्षति पुर्याएको बताएका थिए । बीबीसीसँग कुरा गर्दै रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले अमेरिकी बी–फाइभटू हवाईजहाजले गरेको आक्रमणमा २०० भन्दा बढी विद्रोही मारिएका बताए ।

यसअघि तालिबानले उनीहरूले सेबेरगान शहरमा नियन्त्रण कायम गरेको जनाएका थिए । दुई दिनमा लडाकुहरूको नियन्त्रणमा पुगेको त्यो दोस्रो प्रान्तीय राजधानी हो । शुक्रवार दक्षिण पश्चिममा अवस्थित निम्रोज प्रान्तको राजधानी जारन्जमाथि लडाकुहरूले नियन्त्रण कायम गरेका थिए । तर अमनले सरकारी फौज अझै त्यस क्षेत्रमा रहेको उनीहरूले उक्त शहरलाई चाँडै पुनः नियन्त्रणमा लिने बताएका छन् ।

२० वर्षको सैनिक कारबाहीपछि विदेशी फौजहरू फिर्ता हुन लाग्दा तालिबानहरूले अफगानिस्तानमा आफ्नो पकड मजबुत बनाउँदै लगेका छन् । उत्तरमा कुन्दुज र दक्षिणमा लस्कर गामा पनि भीषण लडाइँ भइरहेका खबर छन् ।

देशका ग्रामीण इलाकाहरूमा कब्जा जमाउन सफल भएपछि हालैका हप्ताहरूमा तालिबानहरूले प्रमुख नगर र शहरहरूलाई निशाना बनाइरहेका छन् । सेबेरगान पूर्व अफगान उपराष्ट्रपति तथा युद्ध सर्दार अब्दुल रासिद दोस्तुमको गढ हो र उनका समर्थकहरूले उग्रवादी विरूद्धको लडाइँको नेतृत्व गरिरहेका छन् ।

स्थानीय सञ्चारमाध्यमले अफगान फौजहरूलाई सहयोग गर्न १ सय ५० जना मानिस उक्त शहरमा गएका जनाएका छन् । तालिबानहरूले भीषण भिडन्तपश्चात् शुक्रवार गभर्नरको परिसरमा नियन्त्रण कायम गरेका थिए तर पछि अफगान फौजले त्यसलाई फर्काउन सफल भएको थियो । तर क्षेत्रीय परिषद्का प्रमुख बबुर इस्चीले उग्रवादीहरूले अहिले पनि लडाँइ चलिरहेको एउटा सैनिक शिविर बाहेक शहरका सम्पूर्ण क्षेत्र कब्जामा लिएको बताए ।

अफगान रक्षा मन्त्रालयका प्रवक्ता अमनले विमानस्थलसहित अझै पनि सरकारी फौजहरूको बहुमत रहेको र सेबेरगान निकट भविष्यमा आतङ्कवादीहरूबाट अलग हुने बताएका छन् । तालिबान अधिकारीहरूले उनीहरूले सेबेरगानस्थित एउटा कारागारलाई नियन्त्रणमा लिएको जनाएका छन् ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा सयौँ बन्दीहरू शहरको कारागारबाट बाहिर निस्किरहेको देख्न सकिन्छ । हालैका हप्ताहरूमा तालिबानहरूले छिमेकी देशहरूसँगका महत्वपूर्ण सीमा नाका पनि कब्जा गरेका छन् । खराब सुरक्षा अवस्थालाई ध्यान दिँदै संयुक्त राज्य अमेरिका र बेलायत सरकारले आफ्ना नागरिकलाई तुरुन्तै अफगानिस्तान छाड्न भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी