अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह



अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिवान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् ।

अफगानिस्तानको सुरक्षा अवस्था कमजोर बनेकोले अन्तर्राष्ट्रिय आतङ्कवादी समूहहरूले अफगानिस्तानमा आफ्ना नागरिकहरूलाई लक्षित आक्रमण हुन सक्ने चिन्ता बेलायतको विदेश मन्त्रालयले प्रकट गरेको छ । काबुलस्थित अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण उपलब्ध गराउने समेत जानकारी गराएको छ ।

अमेरिकाले आफ्ना नागरिकहरूलाई व्यापारिक उडानहरूबाट फर्कन र दूतावासले गर्ने आपत्कालीन उद्धारमा भर नपर्न आग्रह गरेको छ । स्थानीय अधिकारीहरूका अनुसार तालिवान लडाकुहरूले निम्रोज प्रान्तको राजधानी जारञ्जमाथि नियन्त्रण कायम गरेका छन् । त्यसलाई सरकारी फौजका निम्ति ठूलो धक्काको रूपमा हेरिएको छ ।

दक्षिण–पश्चिमी अफगानिस्तानको उक्त शहर तालिबान लडाकुहरूको नियन्त्रणमा गएको पहिलो प्रान्तीय राजधानी बनेको छ । तालिवान लडाकू समूहको अबको निशानामा दक्षिणी शहरहरू कान्दहार र लश्कर गह रहेको देखिएको छ । शुक्रवार ट्विटरमा एउटा पोस्ट गर्दै तालिबान लडाकुहरूले इरानी सीमासँग जोडिएको एउटा महत्त्वपूर्ण व्यापार केन्द्र जारञ्जमाथि कब्जा गरेको दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइसिसी अभियोजकद्वारा नेतान्याहुसहित इजरायली र हमास नेताका लागि पक्राउ पुर्जी माग

  अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसहित

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु

  भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति

आणविक सामग्री चोरीविरुद्ध ‘सतर्कता’ अपनाउन राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घले गत ३० वर्षमा चार हजार २०० भन्दा बढी आणविक सामग्री चोरी