इरानका नयाँ राष्ट्रपतिद्वारा संसदसमक्ष सपथग्रहण



इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष सपथग्रहण गरेका छन् । आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबीचमा उनले राष्ट्रपतिको जिम्मेवारी लिएका हुन् ।

इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै इब्राहिम रायसी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा रायसीले एक करोड ७८ लाख मत प्राप्त गरेका थिए।

धेरै राजनैतिक अन्य प्रभावशाली नेतालाई निर्वाचन लड्न रोक लगाइएको र आधाभन्दा बढी मतदाता महामारी र असन्तुष्टिका कारण मतदानमा सहभागिता नजनाउँदा नजनाउँदै भएको निर्वाचनबाट उनलाई विजयी भएको घोषणा गरिएको छ ।

इरानका लागि ऐतिहासिक उपलब्धि मानिएको इरान र छ विश्वशक्ति राष्ट्रबीच २०१५ को आणविक सम्झौता गरेका मध्यमार्गी तत्कालिन राष्ट्रपति हसन रौहानीलाई उनले विस्थापित गरेका छन् ।

रौहानीले दुई कार्यकाल राष्ट्रपति भएर देशको नेतृत्व गरेका थिए । इस्लामिक गणतन्त्र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका अति विश्वास पात्रसमेत मानिने रायसीको चार वर्षे कार्यकाल बिहीबारदेखि शुरु भएको छ ।

इरानको न्यायपालिका पूर्व प्रमुखसमेत रहेका भएका रायसीलाई मानवअधिकार उल्लङ्लन गरेको आरोपमा पश्चिमी मुलुकले चर्को आलोचना गर्ने गरेका छन् । निर्वाचित भएपछि रायसीले आफ्नो प्रमुख विदेश नीति क्षेत्रीय देशसँगको सम्बन्ध सुधार गर्ने रहेको बताएका छन् । रायसी सन् १९६० मा इरानको मशहदमा जन्मिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ